मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

महानायकले हेरे गुरूकुलको अन्तिम नाटक

फिल्मीखबर, काठमाण्डौ, 2012/01/15

सिनेमाको सुटिङमा करिब १८ घण्टा ब्यस्त रहने महानायक राजेश हमाल शनिबार साँझ आफ्नो बिजी सेड्यूललाई पर सार्दै गुरूकुलमा प्रदर्शन गरिएको अन्तिम नाटक 'अग्नीको कथा' हेर्न पुगेका थिए  ।

९ बर्ष अघि काठमाण्डूको पुरानो बानेश्वर हाईटमा भाडाको जमिनमा सञ्चालन हुदै आएको नाटक घर गुरूकुलको समयावधि शनिबारदेखि सकिएको सन्दर्भमा देखाईएको उक्त नाटकलाई हमालले पुरै हेरेका थिए । यस अघि तीन चार पटक गुरूकुल पुगी नाटक हेरिसकेका उनले शनिबार अभि सुवेदीद्धारा लिखित उक्त नाटकलाई पुरै अवलोकन गरेका थिए । नाटक हेरी सकेपश्चात हमालले फिल्मीखबरसंग कुरा गर्दै  भने, 'जसरी ९ बर्ष सफलताको साथ गुरूकुलले यो स्थानमा नाम कमाउन सक्यो आगामी दिनमा अर्को स्थानमा पनि यो भन्दा धेरै नाम र सफलता कमाउने छ भन्ने मैले बिश्वास लिएको छु ।'

 

७ रोपानी ११ आना छेत्रफलमा सञ्चालित गुरूकुलमा २०५९ माघ २३ गते पहिलो नाटक देखाईएको अग्नीको कथालाई अन्तिम पटक पुनः देखाईएको थियो । अन्तिम पटक सहित गुरूकुलमा  उक्त नाटकलई  १ सय ४४ औ पटक मंचन गरिएको सञ्चालक सुनिल पोखरेलले जानकारी गराए ।  गुरूकुलको अन्तिम नाटक हेर्न अभिनेत्री निशा अधिकारी, निर्देशक रमेश बुढाथोकी, देशभक्त खनाल, तितो सत्य जोडी दीपाश्री निरौला र दीपक राज गिरीको साथमा राजनीतिक दलका नेता रघुजी पन्त र भरत मोहन अधिकारी सहितका बरिष्ठ ब्यक्तिहरूको उपस्थिति थियो ।

 

भरत मोहनले राजेश हमालसंगै बसेर नाटक हेरेका थिए । अभिनेत्री दीपा श्री निरौलाले गुरूकुल जहाँ सरेपनि सफलताको कामना ब्यक्त गरिन् । त्यस्तै निर्देशक रमेश बुढाथोकीले कलाकारहरूसंग पर्याप्त पैसा नहुनुको एउटा पिडा गुरूकुलमा देखिएकाले जहाँ सरेपनि सवैले कलाको मन्दिरलाई सम्मान गर्नुपर्ने बताए । 'पर्याप्त पैसा नहुदा भाडाको जमिनमा सञ्चालित   गुरूकुलले केही महिने बिश्राम पश्चात नयाँ स्थानमा आफ्नो बसाई  सार्ने छ । हेरौ उपयूक्त ठाउँ खोजी भैरहेको छ त्यसैले गुरूकुलको नयाँ घर निर्माणको लागि फण्ड संकलन कार्यलाई पनि अगाडी बढाईने छ', सञ्चालक पोखरेलले गुरूकुलको पिडा पोखे । 


यस्तै पोखरेलका अनुसार गुरूकुल स्थापनाको लागि सरकारले जग्गा दिन सकारात्मक प्रतिक्रिया दिएकाले जग्गा उपलब्ध हुन साथ गुरूकुलको नयाँ भवन बनाईने बताए । नयाँ स्थानमा गुरूकुल बनाउनको लागि करिब ७ करोड रकम लाग्ने गुरूकुलको योजना छ ।  ९ बर्षको अवधिमा गुरूकुले करिब तीन दर्जन नाटक देखाईसकेको सुनिलले जानकारी दिए । एउटा नाटक २ सय ५० पटक सम्म पनि दोहोर्‍याएर देखाईएको उनले जानकारी गराए । ९ बर्षमा पछिल्लो समय सिनेमा रूचाईएका अनुहार सौगात मल्ल, कर्म, सरिता गिरी लगायत करिब एक दर्जन कलाकार गुरूकुलकै उत्पादन हुन् ।