मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अभिनयमा अनुरागको निरन्तरता

फिल्मीखबर, काठमाण्डौ, 2012/01/16

चलचित्र 'के यो माया हो' मा बाबु नामको खलपात्रको भुमिकामा देखिएका अनुराग मान सिंह कुवँरले आफ्नो अभिनय क्षमता देखाएका कारण उनी निर्देशकको नजरमा पर्न थालेका छन् । जसको पछिल्लो उदाहरण चलचित्र 'फेसबुक' पनि हो ।

 

निर्देशक सुरज सुब्बाले निर्देशन गरेको चलचित्र 'फेसबुक' मा अनुराग मुख्य भुमिकामा नै प्रस्तुत भएका छन् । चलचित्रमा उनी बेरोजगार युवाको प्रतिनिधी पात्र बनि अभिनय गरेका छन् । आफू भित्र अभिनयको प्यासन रहेको बताउने अनुरागले 'के यो माया हो' ले चर्चामा ल्याएको बताउँछन् । उनी भन्छन्, 'मैले अभिनय गर्ने कोशिस गरेको हुँ तर चर्चा भने राम्रै पाएँ । धेरैले मेरो अभिनयको प्रशंसा पनि गर्नु भयो । आगामी दिनमा अझ राम्रो काम गर्नेछु ।' फिल्म राम्रो नबने पनि आफू भने अभिनयले मार्क हुन सक्ने यि कलाकारको दाबी छ ।
 

व्यवसायिक व्याकग्राउण्ड भएका अनुराग अभिनयका लागि आँखा बोल्नु अनिवार्य भएको धारणा राख्दै आफ्नो आँखा बोल्ने कुरालाई गर्वका साथ स्विकार्छन् । उनी भन्छन्, 'म त मेरो आँखालाई भगवानको वरदानको रूपमा लिएको छु ।' केहि समय पछि चलचित्र निर्माणमा हात हाल्ने सोच बनाएका अनुरागले आफ्नो लागि भने चलचित्र नबनाउने बताउँछन् । उनी भन्छन्, 'म त आफ्नो लागि चलचित्र बनाउँदिन । बिशुद्व निर्माताको रूपमा आउने छु । अभिनय त अरूको चलचित्रमा गर्ने हो ।'

 

हालको चलचित्रको मार्केट देखेर डराएका अनुराग निर्माता बन्नका लागि राईट टाईमको पर्खाईमा छन् । उनी भन्छन्, 'जब चलचित्रको मार्केट सुध्रन्छ तब मात्र म निर्माताको रूपमा आउछु । अभिनयलाई भने निरन्तरता दिईनै रहन्छु ।'