मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुमिनाको डेब्यू कुखुरा पहिले जन्मियो कि फूल जस्तै हो : निर्देशक देउजा

फिल्मीखबर, काठमाण्डौ, 2012/01/16

एकातिर सिनेमाको रिलिजको काउन्टडाउन सुरू भैसक्दा पनि हिरोईन सुमिना घिमिरे सम्पर्क बाहिर भएपछी निर्देशक ज्ञानेन्द्र देउजा चिन्तित छन्  भने अर्कोतिर स्वदेश प्रिमियर हुनु अघि यूएईमा पहिलो पटक आफूद्धारा निर्देर्शित सिनेमा 'छविलाल कन्जुस छैन' रिलिज हुने भएपछी  उनी निकै मख्ख पनि छन् ।

दुई बर्ष अगाडी नै तयारी भएको उक्त कमेडी चलचित्रबाट दुलही हिट हिरोईन सुमिना घिमिरेले डेब्यू फिल्मको रूपमा फिल्मी करिअर सुरू गरेकी हुन् । यध्यपी  छविलालको रिलिज धकेलिएपछी सुमिनाले अभिनय गरेका अन्य सिनेमा रिलिज हुँदा दर्शक माझ उनको पहिलो फिल्म 'दुलही' हो भनेर परिचित छ । जुन बिषयमा निर्देशक देउजा सुमिनाको  डेब्यू भन्ने कुरालाई 'कुखुरा पहिलो जन्मियो कि फुल पहिलो जन्मियो' भनी तर्क गर्छन् । उनी भन्छन्, 'विभिन्न कारणले मेरो सिनेमा एक बर्ष ढिला रिलिज हुदैछ त्यसैले सुमिनाको पहिलो फिल्म मेरो भएपनि अन्य फिल्म रिलिज भैदिदा डेब्यू भन्ने कुराको सहि तर्क उनको हकमा लागू हुदैन ।' 

अर्न्तराष्ट्रिय बजारको खोजीमा रूमलिरहेको सिने उद्योगका चलचित्रकर्मीलाई फिल्मीखबर मार्फत खुशीको खबर सुनाउदै देउजाले आउदो माघ १३ गते देखि यूएईमा निरन्तर रूपमा नेपाली सिनेमा रिलिज हुने जानकारी गराए । जस अनुरूप स्वदेश रिलिज अघि 'छविलाल कन्जुस छैन' को नियमित स्क्रीनिङ खाडी मुलुकमा पहिलो पटक हुन लागेको हो ।  बलिउडका सिनेमाको बर्चश्व रहेको दुबईमा सन हिल प्रोडक्सनले नेपाली सिनेमाको बजार विस्तार कार्यलाई अगाडी बढाउने चासो देखाएपछी 'छविलाल कन्जुस छैन' बाट त्यहाँ निरन्तर नेपाली फिल्म प्रदर्शन सुरु गरिने भएको देउजाले जानकारी गराए ।

 

दुबईको गोल्डेन प्लाजा सिनेमा हलमा प्रिमियर हुने उक्त फिल्मको विशेष शोमा चलचित्रका मुख्य कलाकार निर शाह तथा सुमन सिंहको साथमा दुबई प्रस्थान  गर्न लागेका देउजाले नेपाली रजतपटमा झण्डै पाँच दशक देखि सक्रिय रहिरहेका अभिनेता निर शाहलाई फिल्मको मुख्य हिरो बनाएका छन् ।  यध्यपी कथा अनुसार राजेश हमालको साथमा सुमन सिंह र सुमिना पनि आफ्नो फिल्मको मुख्य हिरो रहेको उनी बताउछन् । 'छविलाल कन्जुस छैन' माघ २० गते देखि देशब्यापी प्रदर्शन हुदैछ ।