गत पौषको पहिलो साता फिल्मीखबरले गायिका मल्लिका कार्की र हिरो दिवस उप्रेतीको दोष्तीको बारेमा समाचार प्रकाशित गरेको थियो । जस अनुरूप उक्त दोष्तीको निकटता ज्यादै रहेको आज आएर प्रमाणित भएको छ ।
नायक रमेश उप्रेतीका भाई दिबसले मल्लिकालाई आज साँझ अमेरिका उडाएका छन् । महिना दिनका लागि भनेर अमेरिका उडेका उनीहरू कहिले फर्किन्छन् त्यो त टुङ्गो छैन तर अमेरिका उड्नु अघि फिल्मीखबरसंगको कुराकानीमा दिवस दङ्ग थिए । अमेरिकाका विभिन्न स्टेटमा आयोजना हुने सागीतिक कार्यक्रममा मल्लिकाले गीत गाउने छिन् भने त्यो गीतको तालमा दिवस नाच्ने बताईएको छ ।
यस्तै दिवसकै टिममा संगीतकार शम्भुजित बाँस्कोटा र गायक विमल डागी पनि मंगलबार अमेरिका उडेका छन् । उक्त टोलीको नेतृत्व शम्भुजित बाँस्कोटाले गरेका हुन् । बाँस्कोटाले आफ्ना दर्जनौ सुपर हिट गीतहरूलाई अमेरिकी बासी नेपालीमाझ गाउने छन् ।
यस्तै बाँस्कोटाले नेपाली चलचित्रको अमेरिकी बजारको सम्भाब्य अध्ययन गर्ने योजना रहेको अमेरिका उड्नु अघि जानकारी गराए । पछिल्लो समय अमेरिकाले चर्चित गायक गायिकालाई समेत भिसा नदिईरहेको अवस्थामा शम्भुजितको हाईटलाई आधार मान्दै अमेरिकाले मल्लिका र दिवसलाई पनि भिसा दिएको हो ।