एउटै समयमा आफू अभिनित दुई सिनेमा रिलिज हुदै गर्दा अभिनेत्री केकी अधिकारीलाई प्रोमोशनको पिडाले निकै सताए जस्तो देखिन्छ । फागुन पाँच गते गोपीकृष्ण मुभिजले निर्माण गरेको चलचित्र मायाको बारीमा र त्यसको अघिल्लो साता मेघा बजेटको आई एम सरीको रिलिज डेट तोकिएपछी केकीलाई प्रोमोशनको पिडाले सताएको हो ।
केकीका फेसबुक भित्ताहरूलाई चिहाउने हो भने प्रोमोशनको पिडाले उनी नराम्ररी छटपटिरहेको भान हुन्छ । यस्तै आफू अभिनित दुवै सिनेमाको प्रोमोशनबाट अबजस नपाउने रणनीति अनुरूप उनले दुवै सिनेमाको गित देखि अन्य सामग्रीको प्रोमोशन आफ्नो फेसबुक वालमा गरिरहेकी त छिन् तर अरू कसैको माध्यमबाट । प्रोमोशनका लागि तयार गरिएका केकीका दुई सिनेमाको गीतका युट्यूव लिंकलाई उनका साथीहरूले उनको फेसबुक भित्तामा पोष्ट गरिदिएका छन् ।
यो समाचार तयार पारून्जेलसम्म मायाको बारीमाका नायक एसराज गरचले आफ्नो फिल्मको प्रोमोलाई केकीको वालमा पोष्ट गरिदिएका छन् । जसबाट प्रष्ट हुन्छ कि प्रोमोशनको बिषयमा केकीले साथीहरूको साथ लिईरहेकी छिन् । सायद प्रोमोशनमा कुनै एक फिल्म तल पर्ने संकेतललाई बुझ्दै केकीले आफू विवादमा नतानिउ भनेर यो रणनीति अपनाएको देखिन्छ तर फिल्मीखबरले उनको रणनीतिलाई सजिलै पत्ता लगाएको छ ।
हालैको एक भेटमा केकीलाई एउटै समय तपाईका दुई सिनेमा आउदैछन् कसरी प्रोमोशन गर्नुहुन्छ भन्ने प्रश्नमा उनले प्रतिक्रिया दिएकी थिईनन् तर फेसबुकमा उनका मौन आवाजहरूले उनी प्रोमोशनको बिषयमा तटस्थ बस्न चाहन्छिन् । यध्यपी केकीको फेसबुक वालमा अरू कसैले उनका दुवै सिनेमाको गीत र प्रोमो लिंक राखिदिए पनि आई एम सरीको विभिन्न स्टील फोटोहरूलाई उनले आफै सार्बजनिक गरिरहेकी छिन् ।
Song :