एकपछि अर्को गरि चलचित्र निर्माण गर्ने निर्माता मध्येका एक गोबिन्द शाही पनि हुन् । पहिलो पटक 'कहाँ छौ कहाँ' चलचित्र निर्माण गरेका शाहीले लगत्तै 'संसार आफ्नै' र 'पराई' निर्माण गरे । अहिले उनी पुन: अर्को नयाँ चलचित्र निर्माणको तयारीमा छन् ।
'कहाँ छौ कहाँ' बाट नायक समेत बनेका शाहीले निर्माण गरेको दोस्रो चलचित्र 'संसार आफ्नै' प्रदर्शनको तयारीमा छ भने तेस्रो चलचित्र 'पराई' पोस्टप्रोडक्सनमा छ । चलचित्र 'संसार आफ्नै' लाई रञ्जित रानाले निर्देशन गरेका हुन् जसमा गोबिन्दको साथमा झरना थापा र सुमन सिंहको मुख्य भुमिका रहेको छ । यता शिब रेग्मीले निर्देशन गरेको चलचित्र 'पराई' मा भने गोबिन्दलाई निरज बराल, गरिमा पन्त र नन्दिता केसीले साथ दिएका छन् ।
यसरी दुई चलचित्र रिलिज नहुँदै निर्माता नायक शाहीले भाद्र महिनामा अर्को चलचित्र निर्माण गर्ने बताए । हाल स्क्रिप्टको काम भईरहेको सो चलचित्रलाई किशोर रानाले निर्देशन गर्ने शाहीले जानकारी गराए । मायाप्रेमका चलचित्र निर्माण गरेका शाहीले यसपाली भने एक्सन चलचित्र बनाउने बताए । जसका लागी अहिले उनी शारिरिक सुसंगठनमा व्यस्त छन् ।