अभिनय यात्राको पाँच बर्षे यात्रालाई विश्राम दिदै अभिनेत्री युना उप्रेती बिहिबार राति अमेरिका उडेकी छिन् । प्राप्त खबर अनुसार उतै बस्ने चाँजोपाँजो सहित उनी अमेरिका उडेकी हुन् ।
युनाको साथमा कलाकार निर्मल शर्मा 'गैडा', गोपाल नेपाल 'फिष्टे', गायक नरेन्द प्यासी र निर्माता एवं सञ्चारकर्मी जयप्रकाश प्रसाद रिजाल पनि अमेरिका उडेका छन् । 'म चाहिँ फर्किन्छु बाँकी अरू साथीहरूको भित्री ईच्छा के छ मलाई थाहा छैन' अमेरिका उड्नु अघि निर्मल शर्माले भने, 'धेरै पटकका कार्यक्रममा अमेरिका जादा एक दुई जना कलाकार फर्किनु भएन त्यसैले यो पटक हामी जादा यस्ता प्रश्न उठ्नु स्वाभाविक हो ।' शर्माका अनुसार टोलीले अमेरिकाका नौ वटा स्टेटमा ४२ दिन सम्म आयोजना हुने विभिन्न कार्यक्रममा सहभागीता जनाउने छ ।
यस्तै अमेरिका उड्नु अघि युनासंगको सम्पर्क प्रयास विफल भएकाले उनको नेपाल फर्कने योजनाको बारेमा बुझ्न सकिएन । तर पनि पछिल्लो समय फिल्मी माहोलमा सुस्ताएकी शिक्षित अभिनेत्री युना लम्बे रेशको घोडा हुन असफल भएपछी उनले बाकी भबिष्य अमेरिकामा विताउने योजना अनुरूप सिनेमा क्षेत्रमा अघोषित सन्यास भन्दै अमेरिका उडेकी हुन् । 'पर्खि बसे' डेब्यू युनाले पाँच बर्षमा दुई दर्जन बढी फिल्म खेलिसकेकी छिन् ।
यस्तै मंगलबार पनि संगीतकार शम्भुजित बाँस्कोटाको एक टोली पनि अमेरिका उडेकाले उक्त टोलीमा रहेकी मल्लिका कार्की र दिवस उप्रेती फर्किन्छन् वा फर्किदैनन् भन्ने प्रश्न पनि अहिले चासो रूपमा उठेको छ ।
मिति : २०८१ मंसिर १५, शनिवार
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-
अमेरिका उडिन् युना
फिल्मीखबर, काठमाण्डौ, 2012/01/19
- ‘जन्ते बाख्रो’मा भित्रिइन् गरिमा, पहिलोपटक लिड हिरोइन बन्दै
- ‘बाटो’ अमेजन प्राइमसहित विभिन्न ओटीटीमा रिलिज
- ‘फ्रेन्डस् सिनेमाज्’को दोस्रो हल बुटवलमा
- ‘जारी’ले राष्ट्रिय अवार्ड नपाउँदा जुरीमाथि उठेको प्रश्न
- ‘डोरी’को मुहूर्त, मुख्य भूमिकामा प्रवीण र अञ्जना
- ‘राष्ट्रिय चलचित्र पुरस्कार’ : विपिन र स्वस्तिमा उत्कृष्ट घोषित
- ‘सिंघम अगेन’ घाटामा, ‘भूल भूलैयाँ ३’ सय करोड नाफामा
- अब विदेश प्रदर्शन थाल्दै ‘ह्रस्व दीर्घ’, बिहीबारबाट अष्ट्रेलिया र मध्यपूर्वमा
- ‘सारङ्गी’का विजयले सकाए ‘लाज शरणम्’को छायांकन
- अकुपेन्सी बढाउँदै ‘तेल भिसा’, बुधबारको व्यापारमा सुधार