भारत सहित दक्षिण कोरियाका चलचित्रकर्मी ल्याएर गत बर्ष आयोजना गरेको इन्टरनेश्नल फिल्म वर्कसपको हिसाव फष्र्यूट नगरी चलचित्र निर्देशक समाजले दोस्रो अन्र्तराष्ट्रिय वर्कसपको तयारी पूरा गरेको छ ।
माघ २७ गते देखि फागुन ३ गते सम्म दोलखाको जिरीमा आयोजना हुने वर्कसपको पूर्ण जानकारी दिन शनिबार समाजको कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा समाजले गत बर्ष देखि थालिएको अन्र्तराष्ट्रिय वर्कसपको निरन्तरता स्वरुप यस बर्ष पनि वर्कसप गरिन लागेको जानकारी दिएको हो । वर्कसपमा फ्रान्सका स्क्रिप्ट राईटर ड्रयागन मिलीनकोभिक, दक्षिण कोरियाका क्यामेरा पस्रन योङ्ग टेक चोय र भारतीय चलचित्रकर्मी एवं सिनेमा समिक्षक परमेन्द्र मजुन्दरले सहभागी चलचित्रकर्मी र रंगपत्रकारहरुसंग स्क्रिप्ट क्यामेरा र बजारीकरणको बिषयमा आफना अनुभव साट्ने छन् ।
२६ लाख ६० हजारको बजेटमा सम्पन्न गर्ने योजना अनुरुप हुन लागेको वर्कसपको दोस्रो सस्करणमा आईपुग्दा अहिले समाज भित्र दुई प्यानल खडा भएको छ । उपाध्यक्ष विमल पौडेलले गत बर्ष चितवनामा आयोजना भएको साढे २२ लाखको हिसावकिताव नबुझाउदा अध्यक्ष केपी पाठक र पौडेलको दुरी बढ्दा समाजमा विवाद चुलिएको छ । जस अनुरुप पत्रकार सम्मेलनमा पनि उपाध्यक्ष पौडेल उपस्थित भएका थिएनन् । तर यो बिषयमा फिल्मीखबरले अध्यक्ष पाठकलाई सोध्दा उनले समाजको आन्तरिक मामला भन्दै विवादको बारेमा मुख खोल्न चाहेनन् । तर केही साता अघि चलचित्र जलजलाको विशेष शो हेर्ने क्रममा उनले फिल्मीखबर समक्ष गत बर्षको वर्कसपको हिसाव किताव फष्र्चयूटका बिषयमा असन्तुष्टी ब्यक्त गरेका थिए ।
चलचित्र बिकास बोर्डका अध्यक्ष गणेश भण्डारीको निकट रहेका उपाध्यक्ष विमल पौडेलको गुटगत कृयाकलापबाट चिडिएका केपीको वर्कसप योजनालाई असफल बनाउन बिकास बोर्ड समक्ष केपीले गरेको आर्थिक सहयोग प्रस्ताव रोक्न विमल पौडेलले लविङ्ग पनि गरेको बुझिएको छ । तर समाजले बोर्डबाट सहयोग रकम पाउने उद्यारो अपेक्षा अनुरुप यसपालिको वर्कसपका लागि साढे २६ लाखको बजेट सार्बजनिक गरिसकेको छ ।
गत बर्षको वर्कसपका लागि समाजले विकास बोर्डबाट ४ लाख पाएको थियो तर बोर्ड पुर्नगठन पूरा भैनसकेकाले बजेटका बिषयमा तत्काल बोर्डले समाजका लागि सहयोग रकम निकासा गर्ने सम्भावना न्यून देखिएको छ । किन कि माओवादी प्यानलका अध्यक्ष भण्डारीलाई यथावत राखेर माओवादी निकट सदस्य निस्कासित गर्दै काग्रेस निकट चलचित्रकर्मी बोर्डमा न्यूक्त भएकाले बोर्डमा बैठक बस्न नसक्दा निर्देशक समाजको प्रस्ताव स्वीकृत हुने छाटकाट तत्काल देखिदैन ।
समाज भित्रैकै पदाधिकारी बीच भएको विवादका बाबजुत बोर्डले गत बर्षको र्वकसप भब्य रुपले सम्पन्न भएको जनाएको छ भने यसपालिको कार्यक्रम पनि पूर्ण सफल हुने विश्वास ब्यक्त गरेको छ । वर्कसपमा सहभागीहरुबाटै छोटो चलचित्र निर्माण प्रतियोगिता पनि गर्ने समाजको योजना छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले माघ २६ गते काठमाण्डौमा उद्घाटन गरी सुरु हुने वर्कसपको लागि २७ गते सहभागी टोली दोलखा प्रस्थान गर्ने छ । यस्तै वर्कसपको नियमित कक्षा माघ २८ देखि फागुन २ गते सम्म हुने छ र ३ गते औपचारिक रुपमा वर्कसप समापन गरिने समाजको कार्यतालिका रहेको छ ।