मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

डिसीका कुरा....

अनुप भट्टराई, काठमाण्डौ, 2012/01/21

हाल सम्म दुई  वटा सिनेमा निर्देशन गरिसकेका निर्देशक दिनेश डिसीले दुई बर्ष अघि घोषणा गरेको मायाज बार निर्देशन गर्ने तयारी बल्ल सुरू गरेका छन् । फागुनको पहिलो सातादेखि फ्लोरमा जाने तयारीका साथ प्रि-प्रोडक्सनमा ब्यस्त डिसी कहिले काही काम भन्दा कुरा धेरै गर्दा आलोचनाका पात्र पनि बन्छन् ।

 
हुन त उनले काम नै गर्दैनन भन्ने चाहि हैन तर काम गर्नुभन्दा अघि उक्त कुरा संसार फैलाउन माहिर डिसीले हालैको एक भेटमा भन्दै थिए, '२०१२ भित्र ४ वटा सिनेमा बनाउदैछु ।'  डिसीले त्यस्तो कुरा भनिरहदा एक छिन त यो गसिपम्यान पनि खित्का छोडेर हास्न आटेको थियो तर के गर्नु डिसी न परे रिसाउलान भन्ने डर । फेरी कहिले काही काम पनि लागि हाल्लान् भन्दै  केही बोलेन । त्यसैले बाकी कुरा सोधियो कुन कुन हुन् त तपाईका चार वटा फिल्म ? उनले भने,  'मायाज बारको सुटिङ सकिएको पन्ध्र दिन पश्चात 'प्यास' भन्ने फिल्म  छ जुन पाँच करोड बजेटको हुनेछ  । त्यस लगत्तै प्रदीप उदयको कमेडी फिल्म 'सरी ल.. ' र आफ्नै होम प्रोडोक्सनको फिल्म 'फूलै फूलको मौसम तिमिलाई ।'  
 
'टेलिभिजनका कार्यक्रम तिर ब्यस्त भए त्यसैले यो  समयमा मैले सिनेमा निर्देशन चाहेर पनि गर्न सकिन त्यसैले अब भने निरन्तर निर्देशनमा पाईला अगाडी बढाउने छु', डिसीले अलि भावुक शैलीमा भन्दा त्यति बेला यो गसिपम्यान पनि भावुक भयो । 
 
सुनिल मानन्धरको निर्माणमा डिसीले निर्देशन गर्ने मायाज बारमा करिश्मा मानन्धर र राजेश हमालको साथमा निशा अधिकारी र डेब्यू गर्दै गजित विष्टले हिरोको ट्याग भिर्दैछन् । र, यहि टिम प्यासमा पनि दोहोरिने डिसीले बताए । तर अन्य दुई प्रोजेक्टको बिषयमा पछी जानकारी दिने उनले बताए । प्यास दुबईका धनाडय ब्यक्तिहरूको लगानीमा डिसीले निर्देशन गर्न लागेका हुन् । 'कुनै समय जसरी मेरा सिरिएल ट्वाक्क टुक्क र विमान चालक हिट भएको थियो त्यस्तै हिट हुने गरी सिनेमा बनाउछु', डिसीले त्यसो भन्दा अलिअलि खुशी पनि लाग्यो यति धेरै कन्फीडेन्ट भएको मान्छे नेपाली सिनेमा  ईन्डष्ट्रीमा कमै भेटिन्छ ।
 
यस्तै डिसीले त्यही भेटमा भन्न भ्याई हाले  प्यास भन्ने चलचित्रका लागि पाकिस्तानका उस्ताद राहात फत्तेअलिले एउटा गीत  गाउने छन् त्यो पनि दुबईको स्टूडियोमा । थोरै बजेटमा रिच प्रपटी देखाउन सक्ने खुवी समेत भएका डीसीले यस अघि सावधान र दाईको ससुराली भन्ने चलचित्र निर्देशन गरेका थिए ।
 
हेरौं मायाज बार निर्देशन गर्ने भनेको दुई  बर्ष पश्चात उक्त फिल्म निर्देशन गर्ने सुर कसेका डिसीले  २०१२ भित्र बाँकी तीन फिल्म बनाएर देखाए भने धन्यवाद !  नभए यो गसिपम्यानले भन्ने छ, 'गफै त हो सम्धी !'