मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

संचितासँग चिडिए निर्देशक

फिल्मीखबर, काठमाण्डौ, 2012/01/22

कलाकारको काम अभिनय गर्ने मात्र हैन फिल्म रिलिज हुने समयमा प्रोमोशनमा साथ दिनु उनीहरुको कर्तब्य पनि हो । तर अभिनेत्री संचिता  लुईटेलले माघ १३ गते देखि रिलिज हुन लागेको चलचित्र बिजयपथको प्रोमोशनमा साथ नदिदा उनीसंग उक्त चलचित्रको टिम असुन्तुष्ट बनेको छ ।

 

संचिताको समकालिन साथी अरुणिमा लम्सालको उदाहरण दिने हो भने सुत्केरी भएको दुई महिना पुरा नहुदै उनले बजारको प्रोमोशनलाई  आफ्नो धर्म सम्झिदै निर्माता निर्देशकलाई साथ दिईन् तर प्रोमोशनमा साथ दिने बाचा गर्दै  संचिताले बिजयपथको प्रोमोशनमा साथ नदिदा यूनिट संचितासंग निकै चिडिएको छ । निखिल उप्रेतीबाट सन्तान सुख पाएको महिनौ भैसक्दा पनि सिनेमा प्रति रुची नदेखाएकी अभिनेत्री लुईटेललाई आईतबार उक्त फिल्मको टिमले सुत्केरी पश्चात पहिलो पटक मिडिया फेस गराउने कार्यक्रम बनाएको थियो तर संचिताले आउछु भन्दै प्रेसमिटमा सहभागीता नजनाएपछी  टिमको असन्तुष्टी छर्लङ्ग देखिएको हो ।
 

प्रेस मिट २ बजेका लागि डाएिको थियो जस अनुरुप उक्त चलचित्रका क्याप्टेन बसन्त निरौलाले साढे एक बजेदेखि संचितालाई फोन गरेर बेलैमा उपस्थित हुन आग्रह गरेका थिए तर साढे तिन बजे प्रेस मिट सकिदा पनि संचिता नआएपछी निरौला चिडिदिदै थिए  । उनी कार्यक्रम स्थलको एक कुनामा गएर संचितलाई पटक पटक फोनको घण्टी हान्थे तर संचिताले के जवाफ दिएकी थिईन् कुन्नी उनी पुनः चुप लाग्थे र फेरी उनी प्रति असन्तुष्टी जनाउदै कार्यक्रम हल तिर आउँथे ।

चलचित्रकी मुख्य हिरोईन संचिताको अनुपस्थितीमा आयोजित  प्रेस मिटमा उक्त चलचित्र आउदो शुक्रबारदेखि देशब्यापी रिलिजको साथै सिक्किम दार्जिलिङ्ग लगायतका भारत देखि भुटानसम्मका करिब ४० स्टेशनमा समेत प्रदर्शन हुने  बताईएको छ ।  प्रेसमिटमा संचिता पति निखिल मुम्बईमा रहेकाले उनी पनि अनुपस्थित भएपनि  कलाकारहरु भने फिल्म रिलिजको तयारी पूरा हुदा दङ्ग थिए ।

 

केही टेलिसिरिएलको निर्देशन अनुभव पश्चात सिनेमा निर्देशनमा हात हालेका बसन्त निरौलाले डेब्यू फिल्मको रुपमा निर्देशन गरेको विजयपथमा   निखिल र  संचिताका अलवा नाम जस्तै ब्यबहार पनि उस्तै भएका गौप्राडी अभिनेता सुशिल क्षेत्री, सरोज केसी, दिपक त्रिपाठी तथा सोही चलचित्रबाट हिरोईनमा डेब्यू  गरेकी पवित्रा आचार्य मुख्य भूमिकामा छन् । पवित्रा नयाँ हिरोईन त हुन् र उनको दुई बर्ष अघि सुटिङ हुने क्रममा निर्देशक निरौलासंग अफर एयर पश्चात विवाह पनि भईसकेको छ ।  यहि बिषयमा  फिल्मीखबरले  प्रश्न गर्दा यि दुईले पहिले देखि नै आफूहरू  प्रेमिप्रेमिका भएकाले बाध्यता बस पछी बिहे भएको तर्क गरे । 



बिजयपथ नाम चलचित्र भित्रको कथामा अटाएको एउटा पत्रिकाको नाम हो रे ! सोही अनुरुप चलचित्रको कथामा गौ प्राणी सुशिल क्षेत्री एक पत्रकारको भूमिकामा प्रस्तुत भएको कार्यक्रममा बताईयो । सिक्किम तथा दार्जिलिङ्गका विभिन्न रमणीय स्थलमा समेत छायाकंन गरिएको भनिएको उक्त चलचित्र  समाजमा घट्ने यथार्थ घटनालाई चित्रण गरी निर्माण गरिएको बताईएको छ । जसलाई दृश्यात्मक रुपमा बरिष्ठ क्यामेरा पस्रन शिव ढकालले खिचेका हुन् ।  बिएन फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सो चलचित्र फर्मूला शैलीमा निर्माण गरिएको छ । चलचित्रमा अष्ट महर्जनको द्धन्द, गुरुचेला नृत्यनिर्देशक कमल र गोविन्द राईको नृत्य तथा बसन्त सापकोटा र सन्तोष प्रगाढको संगीत समावेश छ ।