मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

काठमाण्डूको मोफसल रिलिज स्थगित

फिल्मीखबर, काठमाण्डौ, 2012/01/24

माघ २० गते देखि देशब्यापी रिलिज हुन लागेको चलचित्र काठमाण्डूको मोफसल रिलिज स्थागित भएको छ । निर्देशक आकाश अधिकारीका अनुसार पहिलो चरण अर्न्तगत उक्त सिनेमा अब काठमाण्डूका १७ वटा थिएटरमा मात्र २० गते रिलिज हुने छ 

 

नेपालमा पहिलो पटक  रेड सिने फोर के क्यामेराले खिचिएको उक्त सिनेमाको पब्लीसीटी तिब्र  भएपनि क्यू प्रणालीमा असन्तुष्टीको साथै  विभिन्न आन्तरिक  कारण जनाउदै निर्देशक अधिकारीले मोफसल  रिलिज तत्काल स्थगित भएको जानकारी गराएका हुन्   । अधिकारीले भने, 'क्यूसिस्टमबाट आएका सिनेमाको डेट तलमाथि भैरहने तथा वितरणमा समेत एक्लो हुँदा २० गतेका लागि राजधानी बाहिरको रिलिज स्थगित गरिएको हो ।' काठमाण्डू वितरण उनि आफुले नै गर्न लागेका हुन् ।

 
२० गते मोफसल रिलिज स्थगित भए पनि माघ २७, फागुन ५, र १२ गते हुँदै सिनेमाको बाकी रिलिज क्रमश हुने उनले जानकारी गराए । २५ लाख भन्दा बढीको बजेटमा  सिनेमा पब्लीसिटी गरिरहेका अधिकारीले आफ्नो कम्पनी द स्काई मुभिजको आयोजनामा  राजधानीका  कलेजका विद्यार्थीहरूको सहभागीतामा नाटक प्रतियोगिता पनि गरिरहेका छन् । जसको अन्तिम प्रतिष्पर्धा सिनेमा चल्नु दुई  दिन अघि माघ १८ गते भब्य रूपमा हुने छ भने माघ १९ गते सिनेमाको रेड कार्पेट प्रिमियर गरिने उनले बताए ।

सेक्स, ड्रक्स तथा सडक बालबालिकाको कथामा मुख्य केन्द्रित  काठमाण्डूमा  नेपाली दर्शकले  फरक टेस्ट पाउने  विश्वास ब्यक्त गर्दै उनले भने, 'राम्रो सिनेमा बनाएको छु त्यसैले नचल्ला भन्ने कुरामा मलाई कुनै डर छैन । किनकी लुट  राम्रो भएरै चलेको हो र मेरो फिल्म पनि  फरक कथामा मजबुत सिनेमा छ ।'