मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यशराजको लिगलिगे दौड

सुमन वाग्ले, काठमाण्डौ, 2012/01/24

गोरखा जिल्लाको लिगलिग कोटमा दौडेर राजा हुने प्रचलनलाई हामीले ईतिहास पानामा पढेर थाहा पाएका थियौ । जसले दौड जित्छ उसले नै राजकाज सम्हाल्ने प्रचलन लामो समयसम्म टिक्न सकेन र यो प्रथाको अन्त्य सँगै नयाँ प्रचलनको विकास भयो । यस्तै लिगलिगे दौड शैलीलाई यशराजले पछिल्लो समयमा अपनाई रहेका छन् ।

 

चलचित्र मायाको बारीको प्रर्दशन मिती नजिकिदै जादा उनि बलले भ्याएसम्म चलचित्रको पब्लिसिटीका निकै नै दौड धुप गरिरहेका छन् अर्थात लिगलिगको  दौडाई दौडेर भए पनि उनले नायक पगरी गुथ्न निकै आतुर छन् । मोडलिङ र भिजे हुदै चलचित्र अभिनयमा प्रवेश गरेका यी कलाकार अभिनित दुई चलचित्र स्वर र त्यो दश घण्टाले सोचे अनुरूपको सफलता पाएन । तसर्थ उनि अहिले आफू अभिनित चलचित्र 'मायाको बारिमा' बाट सफलता पाउन आफै पब्लिसिटीमा कस्सिएर लागि परेका छन् ।
 

चलचित्र मायाको बारीमाले सफलता पाउने हो वा होईन त्यसको कुनै ग्यारेन्टि नभएपनि उनले हरेश भने खाएका छैनन् । निर्माण कम्पनी गोपीकृष्ण मूभिजले बृहत पब्लिसिटी नअपानाएको कारणले उनि दौडेर भएपनि विभिन्न एफ.एम. रेडियोमा चलचित्रको गितको सि.डी पुर्‍याउन हिडेको खबरले रजतपटमा उनी गफका पात्र बन्न थालेका छन् । 

 

आफुले लिगलिगे दौड एक्लै दौडन परेको गुनासो पोख्दै यशराजले फिल्मीखबर समक्ष भने, 'के गर्ने अरूलाई वास्ता छैन । तर मलाई मेरो करियरको बारेमा चिन्ता छ त्यसैले एक्लै भएपनि दौडधुप गरिरहेको छु ।' जेहोस परम्परागत शैलीको दौडले उनलाई चलचित्रको म्याराथुन धावकको परिचय दिए पनि  नायकको दौडमा उनि कत्तिको सफल हुने हुन् त्यसको लागि भने केहि समय कुर्नु पर्ने देखिन्छ ।