भनिन्छ दुरीले देखाउछ सम्बन्धको एउटा निकटता । यस्तै दुरीको सिमालाई ख्याल नगरी एक युवतीसंग विभिन्न मुद्रामा तस्बिर खिचेको अवस्थामा निर्देशक शोभित बस्नेतलाई फिल्मीखबरले फेला पारेको छ ।
एक दशक देखि निकट रहेकी हिरोईन रेजिना उप्रेतीसंग उनको सम्बन्ध चिसिएको यो अवस्थामा उनी गैर फिल्मी युवतीसंग इष्क लडाई रहेको अवस्थामा फेला परेका हुन् । फेसबुक मार्फत साना एस टी नामक एकाउन्टमा फिल्मीखबरले फेला पारेको तस्बिरलाई विशलेषण गर्ने हो भने फोटोमा उनीहरूको सामिप्यता र अन्य रोमान्सका दृश्यले उनीहरू प्रेमीप्रेमिका भएको अनुमान लगाउन सकिन्छ ।
मोबाईल मार्फत कैद गरिएको एक तस्बिरमा रातको समयमा ती युवतीले शोभितको काँधमा आफ्नो टाउको राखेकी छिन् भने अर्को तस्बिरमा उनीहरूले हात समाएको मात्र दृश्य छ । दुई जनाले हात समाएको तस्बिरको क्याप्सनमा यो पनि लेखिएको छ, 'यो हामीहरूको हात हैन जीवनभरीको साथ हो ।' उक्त क्याप्सनलाई शोभितले लाईक पनि गरेका छन् । फेसबुकमा साना. एस. टी. नाम गरेकी युवती शोभितको फ्रेण्ड लिष्टमा छिन् ।
रोमान्सका तस्बिर हेर्नुस् र आफ्नो बिचार ब्यक्त गर्नुस् ।