बल हैन दिमाग लगा दिमाग भन्ने उखानले हिट भएको सिनेमा लुटले पोष्टर डिजाईनमा कसरी दिमाग लगाएछ भन्ने तथ्य यो फोटो हेरेर आफै मूल्याकन गर्नुस । तस्बिरको बायाँ हिन्दी चलचित्र राजनीतिको पोष्टर हो भने दायाँ लुटको ।
त्यति मात्र हैन चलचित्रको टाईटलमा पनि लगाएको दिमागलाई मूल्याङ्कन गर्नुस् । यो टाईटल अफ्टर इफेक्ट प्रि-सेट सफ्टवेरबाट सजिलै २ मिनेटमा बनाउन सकिन्छ । लूटको टाईटल र फिल्मीखरले टेस्टको रूपमा राखेको टाईटल हेरेपछि तपाईको कमेन्ट के हुन्छ व्यक्त गर्नुहोला !