मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बालबालिका माझ लोकप्रिय बन्दै 'स्वर्गकी परी’

फिल्मीखबर, पोखरा, 2012/01/25

बाल मनोविज्ञानमा आधारित चलचित्र ‘स्वर्गकी परी’ औपचारिक प्रदर्शन हुनु अगावै बालबालिकाहरुबिच लोकप्रिय बनिरहेको छ । तुलसी घिमिरेको निर्देशन, कथा, पटकथा, गीत रहेको चलचित्र ‘स्वर्गकी परी’ को हाल विभिन्न विद्यालयमा प्रदर्शन गरिदै आएको छ । देशको विभिन्न जिल्लाका विद्यालयमा प्रदर्शन भइसकेको चलचित्र पोखराका विद्यालयहरुमा पनि प्रदर्शन गर्ने कार्य भइरहेको छ । 


चलचित्र ‘स्वर्गकी परी’ बाल मनोविज्ञानमा आधारित शिक्षाप्रद चलचित्र भएको निर्देशक घिमिरेले जानकारी दिए । ‘ग्लोवल वार्मिङ र जलवायु परिवर्तनबारे सचेतना जगाउने चलचित्र हो स्वर्गकी परी’, चलचित्रबारे बताउदै घिमिरेले भने, ‘चलचित्रले बालबालिकाहरुलाई प्रकृतिसंग चिनाउन सहयोग पुर्‍याउँछ ।’ चलचित्र प्रदर्शन गर्न देशका विभिन्न विद्यालयहरुमा निर्देशक घिमिरे स्वयं पुग्ने गरेका छन् । हालसालै चिल्ड्रेन फिल्म सोसाईटी दर्ता गरी संस्थापक अध्यक्ष बनेका घिमिरेले चलचित्रले राम्रो प्रतिक्रिया पाएको दावी गरे ।


सचिन सिंहको संगीत रहेको चलचित्रमा तुलसी घिमिरे, भारती घिमिरे, सुमन सिंह, हिमानी डी.सी, निर शाह, बालकलाकारहरु प्रकृति भट्टराई, पृथ्वीराज घिमिरे र सिद्धान्त घिमिरेको मुख्य अभिनय रहेको छ । पोखराका दशवटा विद्यालयहरुमा प्रदर्शन गरि सकिएको उक्त चलचित्र सोमवार पोखराको नयाँगाउँ स्थित सेण्ट मेरीज विद्यालयमा करिब १२ सय विद्यार्थीहरुबीच प्रदर्शन गरिएको थियो । यसअघि पोखराकै ग्लोबल कलिजियट बोर्डिङ स्कुल, कुमुदिनी होम्स, प्रगती बोर्डिङ स्कुल, नेपाल–भारत मैत्री विद्यालय, अमरसिंह उच्च मावि, मदरल्याण्ड उच्च मावि, गुडवील बोर्डिङ स्कुल, फेवा बोर्डिङ स्कुल र साईनिङ स्टार बोर्डिङ स्कुलमा चलचित्र प्रदर्शन भएको थियो ।


पोखराका विद्यालयमा हालसम्म करिब १५ हजार विद्यार्थीहरुले चलचित्र हेरेको चिल्ड्रेन फिल्म सोसाईटीका संस्थापक सदस्य एवं साहित्यकार सुमन श्रापितले जानकारी दिए । अन्य विद्यालयमा समेत चलचित्र प्रदर्शन गर्न माग भइरहेको श्रापितले बताए । विद्यालयमा विद्यार्थीहरुलाई चलचित्रको टिकट मुल्य ४० रुपैया तोकिएको छ ।


बाल मनोविज्ञानमा आधारित चलचित्रहरु कमै मात्रामा बनिरहेको बेला बेला चलचित्र ‘स्वर्गकी परी’ को प्रदर्शन पछि भने बाल चलचित्र निर्माणमा बृद्धि हुने श्रापितले आशा व्यक्त गरे । ‘बाल चलचित्रहरुको विकास र प्रवद्र्धन गर्न कै निमिक्त चिल्ड्रेन फिल्म सोसाईटीको गठन गरिएको हो',श्रापितले भने । श्रापितका अनुसार सोसाईटीले बाल चलचित्र ‘चिल्ड्रेन स्टार’ को समेत निर्माण गर्दैछ ।


चलचित्र हेरिसकेपछि नेपाल–भारत मैत्री विद्यालयका प्रमुख कार्यकारी अधिकृत हिमांशु बोहराले चलचित्रबाट आफु अत्यन्तै प्रभावित भएको प्रतिक्रिया दिए । बोहराले सम्पूर्ण अभिभावक, शिक्षक र विद्यार्थीहरुले ‘स्वर्गकी परी’ हेर्नै पर्ने चलचित्र भएको बताए । यसअघि काठमाण्डौ, बागलुङ र चितवनका विद्यालयहरुमा चलचित्र प्रदर्शन भइसकेको छ ।