पछिल्लो समयमा निकै रूचाईएका क्यामेरा पर्सन रामेश्वर कार्की मंगलबार बिबाह बन्धनमा बाँधिएका छन् । चितवनको मेघौली घर भएका ३० बर्षे कार्कीले मेघौलीकै २५ बर्षकी सुनिता क्षेत्रीसँग मागी बिबाह गरेका हुन् ।
ठाउँ एउटै भएपनि सुनितासँग खासै बोलचाल नभएको बताउँदै कार्कीले बाबुआमाले बिबाह गर्न आग्रह गरेपछि राजी भएको बताए । उनले भने, 'चिनजान भए पनि बोलचाल त्यति थिएन र यस्तो सम्बन्ध होला भनेर पनि सोचेको थिईन् ।' चलचित्रकर्मीलाई खासै जानकारी नगराई दुई परिवारको उपस्थितीमा बिबाह सम्पन्न गरेका कार्कीले भोज भने खुवाउने बताए । उनले भने, 'बिबाह खासै ठूलो गरिएन त्यसैले कसैलाई पनि औपचारिक रूपमा जानकारी गराईन तर काठमाण्डू आएर सामान्य रूपले भोज भने खुवाउछु ।'
'आफ्नै मनलाई सोधी हेर' नामक चलचित्रबाट ठूलो पर्दाको क्यामरा पर्सन बनेका कार्कीको रिलिजका हिसाबले पहिलो चलचित्र भने दुलही हो । त्यसपछि उनले हाल छायाँकनमा रहेको चलचित्र 'ए फर अमेरिका' र 'मेरो जीवन साथी' सहित जम्मा १० चलचित्रको छायाँकन गरिसकेका छन् । चलचित्र 'मेरो जीवन साथी' को बाँकी रहेको भाग छायाँकनका लागी रामेश्वर चितवनबाट केहि दिनमा काठमाण्डौ आउने छन् ।
बैबाहिक जीवनमा बाँधिएका कार्कीलाई सुखद दाम्पत्य जीवनको शुभकामना !