मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

माघ एघारलाई रोजले फर्केर हेर्दा

फिल्मीखबर, काठमाण्डौ, 2012/01/25

 

नेपाली सिनेमाका युवा निर्माता रोज राणा सम्भवत संसारकै एक मात्रै  ब्यक्ति होलान् जसले आफू विरूद्ध परेका तीन मुद्धामा एकसाथ क्लिन चिट पाएका थिए । 
 
तीन मुद्धा मानव बेचबिखन, हातहतियार खरखजना र लागूऔषध ओसारपसारको उजुरीको आरोपमा गत बर्ष करिब सात महिना सम्म  जेल जीवन बिताएका रोजलाई माघ ११ गते  आजैका दिन काठमाण्डू जिल्ला अदालतले निर्दोष सावित गरेपछी  उनी अहिले सिनेमा निर्माणमा ब्यस्त छन् । हाल ग्याङस्टार चलचित्र निर्माणका लागि प्रि-प्रोडक्सनमा ब्यस्त रोजले अदालतबाट क्लिन चिट पाएको प्रसंगलाई जीवनभर विर्सन नसक्ने बताए । 'म निर्दोष छँदाछँदै सात महिनासम्म थुनियो जुन जायज थिएन । त्यसैले अदालतले आजैको मितिमा दिएको त्यो क्लिन चिट मेरा लागि अविस्मरणीय रहने छ ।'  
 
यस्तै फिल्मीखबरले उनलाई यहि प्रसंगमा गरेको विभिन्न प्रतिबद्धतात्मक प्रश्नमा उनले भनेका छन्', 'म हिजो पनि गलत थिईन र आज पनि छुइन र भोली पनि हुने छैन । तर मेरा सिनेमा चलाउने बेलामा कसैले राजनीति गर्छ भने म चुपलागेर बस्ने बाला छैन ।'  बागबजारमा रहेको डान्स रेष्टूरेन्टलाई थकाली भान्छा घरमा परिणत गरी ब्यावसाय परिवर्तन गर्ने तयारीलाई अन्तिम रूप दिईरहेका रोजले आफू कसैमाथि जाई नलाग्ने तर आईलाग्नेलाई नछाड्ने स्वाभाव भएकाले आफ्नो ब्यक्तित्व प्रति मानिसहरूले विभिन्न टिप्पणी गरेको बताए । 
 
पछिल्लो समय विभिन्न फिल्मी कार्यक्रममा तर्क संगत प्रश्नउत्तर गर्न माहिर उनले   नेपाली सिनेमा उद्योगमा  निरन्तर फिल्म निर्माण गर्ने दिर्घकालिन निर्माताको रूपमा आफूलाई उभ्याउने प्रतिबद्धता पनि गरे । गत बर्ष अदालतबाट  क्लिन चिट पाएको  माघ एघारलाई फर्केर हेर्दै उनले भने,  'संयोग पनि कस्तो मिठो अन्य समय ब्यस्त रहने म आज बन्द भएकाले यो खुशीको दिनमा घरमै रमाएर बसिराछु । त्यसैले यो मौकामा म भन्न चाहन्छु रोज राणा गलत मान्छे हैन गलत दृष्टीले मात्र हेरिएको हो ।'