लामो समय देखि क्यान्सर रोगले पिडित अभिनेत्री सुशिला रायमाझीको बिहिबार दिउसो निधन भएको छ । पूरानो बानेश्वर निवासी रायमाझीको दिउसो १ बजे बिएण्डबि अस्पतालमा निधन भएको निर्माता रमेशजंग रायमाझीले जानकारी दिएका छन् । सुशिला रमेशजंगको काकी हुन् ।
निधन पश्चात रायमाझीको शव टिचिङ हस्पिटल महाराजगंजमा राखिएको रमेशजंगले जानकारी गराए । पहिलो श्रीमानबाट एक छोरी र दोस्रोबाट दुई छोरीकी आमा सुशिलाको कान्छी तर्फकी छोरी अमेरिकाबाट आजै राति १० बजे काठमाण्डू ओर्लए लगत्तै उनको अन्तिम दाहसस्कार राति नै गरिने रायमाझीले जानकारी गराए । रेडियो नाटक हुदै चलचित्र अभिनयमा अब्बल ठहरिएकी सुशिलाको पाठेघर क्यान्सर सम्पूर्ण शरिरमा फैलिएपछी उनी पछिल्लो केही बर्षयता सिकिस्त थिईन् ।
सुशिला राष्ट्रिय नाचघरकी जागिरे पनि थिईन् । उनले हिरोईन भएर खेलेको पहिलो फिल्म चोट हो जसलाई श्याम राईले निर्देशन गरेका थिए । सुशिलाले धनसम्पती भन्ने चलचित्र पनि बनाएकी थिईन् भने पवन मैनालीसंग मिलेर पिजडा भन्ने चलचित्र पनि बनाएकी थिईन् । धनसम्पती मार्फत उनले छोरी प्रसिद्धीका रायमाझीलाई पनि हिरोईन बनाएकी थिईन् । दर्जनौ चलचित्रमा अभिनय गरिसकेकी सुशिलाले पछिल्लो समय सानो संसार' र भुवन केसीको चलचित्र 'म तिमी बिना मरिहाल्छु' खेलेकी थिईन् ।
मिति : २०८१ मंसिर १५, शनिवार
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-
Breaking News : अभिनेत्री सुशिला रायमाझीको निधन
फिल्मीखबर, काठमाण्डौ, 2012/01/26
- ‘ह्रस्व दीर्घ’ले साढे ८ करोड कमाएको दाबी
- ‘जन्ते बाख्रो’मा भित्रिइन् गरिमा, पहिलोपटक लिड हिरोइन बन्दै
- ‘बाटो’ अमेजन प्राइमसहित विभिन्न ओटीटीमा रिलिज
- ‘फ्रेन्डस् सिनेमाज्’को दोस्रो हल बुटवलमा
- ‘जारी’ले राष्ट्रिय अवार्ड नपाउँदा जुरीमाथि उठेको प्रश्न
- ‘डोरी’को मुहूर्त, मुख्य भूमिकामा प्रवीण र अञ्जना
- ‘राष्ट्रिय चलचित्र पुरस्कार’ : विपिन र स्वस्तिमा उत्कृष्ट घोषित
- ‘सिंघम अगेन’ घाटामा, ‘भूल भूलैयाँ ३’ सय करोड नाफामा
- अब विदेश प्रदर्शन थाल्दै ‘ह्रस्व दीर्घ’, बिहीबारबाट अष्ट्रेलिया र मध्यपूर्वमा
- ‘सारङ्गी’का विजयले सकाए ‘लाज शरणम्’को छायांकन