राष्ट्रले चिनेको कलाकार सुशिला रायमाझीको निधन खबर पाएलगत्तै चलचित्र बिकास बोर्डका अध्यक्ष गणेश भण्डारी निधनको खबर बुझन बिएण्डबि अस्पताल पुगे पनि रायमाझीको छोरी प्रसिद्धीकाले मिस विहेब गर्दा भण्डारीले उक्त बिषयमा आपत्ती जनाएका छन् ।
एक बैठकमा सहभागी भैरहेका बेला निधनको खबर मिडिया मार्फत थाहा पाएपछी भण्डारी निर्माता राजु केसी र संगीतकार चेतन सापकोटाका साथ बिएण्डबि अस्पताल पुगेका थिए तर सुशिलाको छोरी प्रसिद्धकाले आफ्नी आमाको निधनलाई तपाईहरूको चासोको बिषय नभएको प्रतिक्रिया सहित फोनमा झर्किएपछी भण्डारीले प्रसिद्धकाको ब्यबहारप्रति असन्तुष्टी जनाएका हुन् ।
सुशिला निधनको प्रसंगमा फिल्मीखबरसंगको कुराकानीमा भण्डारीले भने, 'घटना थाहा पाउदा हामी एउटा मिटिङमा थियौ त्यसैले सोही मिटिङबाटै उहाँको निधनको बारेमा बुझ्न जाने क्रममा उताबाट त्यस्तो प्रतिक्रिया आयो ।' प्रसिद्धकाले आफ्नी आमाको बारेमा जानकारी दिन नखोजेपछि भण्डारी बिएण्डबिको प्राङगणबाट फर्किएका थिए । भण्डारीका अनुसार राष्ट्रिय प्रतिभा रायमाझीको पार्थिव शरिरलाई बिकास बोर्ड मार्फत राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गर्ने योजना थियो तर रायमाझीको छोरीले आमाको निधनको बिषयमा कुराकानी गर्न नचाहेपछी उनको अन्त्येष्टी गोप्य ढङ्गमा गरिदैछ ।
यस्तै फिल्मीखबरलाई प्राप्त विश्वस्नीय जानकारी अनुसार आजै राति एक बजे पशुपति आर्यघाटमा लाश जलाउने बुकिङ गरिएको छ । यस्तै सुशिलाको निधनको बिषयमा पनि विभिन्न तर्कहरू बाहिर आईरहेका छन् । परिवारले आधिकारिक रूपमा मुख नखोलिदिदा सुशिलाको निधन बिहिबार दिउसो भनिएपनि उनको निधन हिजो बुधबार साँझ नै भएको भन्ने तर्कहरू पनि आईरहेका छन् । जसकारण निधन कहिले भयो भन्ने बिषयले आधिकारिकता पाएको छैन ।
भण्डारीसंगै घटना बुझ्न पुगेका संगीतकार चेतन सापकोटाले पनि उनको परिवारले देखाएको असहिष्णु ब्यबहारले समग्र चलचित्रकर्मीको अपमान भएको बताएका छन् । उनले भने, 'उहाँ (सुशिला) जस्तो कलाकारलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गर्ने योजना अनुरूप अध्यक्ष ज्यूसंग म पनि गएको थिए तर प्रसिद्धिकाजीले देखाएको अमानवीय कृयाकलापले चित्त दुखाएको छ ।' राष्ट्रिय प्रतिभा जस्तो कलाकारको अन्त्येष्टी सम्मान पूर्वक गर्न नपाउदा यो बिषयप्रति सवै कलाकारको धारणा एक हुनुपर्ने बताउँदै सापकोटाले थपे, 'कलाकारको निधन हुदा सम्मान गर्न नपाउनु त कुकुर बिरालोको मराईमा सरह नै भएन र !'
मध्य रातमा दाहसंस्कार
अस्पतालमा रायमाझी परिवारले चलचित्रकर्मीलाई जानकारी दिन नचाहे पनि आकाश अधिकारी,निलहरी काफ्ले, रमेशजंग रायमाझी ,प्रज्ञा जोशी, रोज राणा लगायतका केहि चलचित्रकर्मी आर्यघाट पुगेका थिए । आर्यघाट पुगेका चलचित्रकर्मीले फिल्मीखबरलाई दिएको जानकारी अनुसार मध्य रातको १२ बजे सुशिलाको दाहसंस्कार गरियो । स्वर्गिय सुशिलालाई दुई छोरीले दागबत्ती दिए ।