मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

खाम भित्र काफ्लेकै नाम

फिल्मीखबर, काठमाण्डौ, 2012/01/27

अन्तत: निर्माता संघको बन्द खाम अनुसार निर्माता निलहरी काफ्ले चलचित्र बिकास बोर्डको सदस्यपदमा नियूक्त भएका छन् । निर्माता संघको तर्फबाट बोर्डमा कसलाई पठाउने भन्ने बिषयले संघमा तिब्र विवाद भएपछी अध्यक्ष राजकुमार राईले एक साता अघि बन्द खाममा निलहरीको नाम सिफारिस गरेको  खबर फिल्मीखबरले प्रकाशित गरेको थियो । जसअनुरुप विभिन्न कारणले  सञ्चार  मन्त्री जेपी गुप्ता ब्यस्त हुदा काफ्लेको नामलाई मन्त्रीले हस्ताक्षर गर्न पाएका थिएनन्  तर बिहिबार अपरान्ह काफ्लेलाई मन्त्रीले डाक्दै बोर्ड सदस्यका लागि नियूक्त पत्र थमाएका हुन्   ।

 
नियूक्ति पत्र पाएपछी फिल्मीखबरसंगको कुराकानीमा काफ्लेले भनेका छन्, 'निर्माताहरुको तर्फबाट पहिलो पटक विना राजनीतिक नियूक्ति म जादैछु त्यसैले निर्माता संघको अवधारणालाई म कानुनी रुपमा कार्यान्वयन गर्ने छु ।' यस्तै काफ्लेले आफ्नो कार्यकालमा चलचित्र र चलचित्रकर्मीको हितको पक्षमा तुरुन्त लागू हुने गरी केही निति नियम पनि लागू गर्ने बताए । उनले भने, 'सर्वप्रथम सिनेमाको ब्यापार खस्किरहेको यो सन्दर्भमा उपभोग्य क्षमता भन्दा बढी सिनेमा निर्माण  र प्रदर्शन  भएकाले यो प्रक्रियाको लोकतान्त्रिक ढंगमा नियन्त्रण गरिने छ ।'
 
त्यस्तै श्रमजिवी चलचित्रकर्मी ऐन तुरुन्त लागू हुने गरी योजनालाई अगाडी बढाईने, सिनेमा पाइरेसीको समस्यालाई निराकरण कसरी गर्ने साथै सिनेमाको अर्न्तराष्ट्रिय बजार खोजी कार्य काफ्लेको योजना छ । काफ्लेले आज मध्यान्न १२ बजे बोर्ड पुगी हाजरी हाजिर गरेका छन् । तर केही साता अघि आफ्नो पार्टी निकट तीन चलचित्रकर्मीलाई हटाएको स्थानमा बिकास आचार्य र रामा मण्डल नियूक्त हुदा बोर्ड अध्यक्ष गणेश भण्डारीले उनीहरुलाई स्वागत नगरेझै निलहरीलाई पनि उनले स्वागत नगर्ने बुझिएको छ ।
 
निलहरीलाई नवनियूक्त सदस्यद्धय विकास र रामाले स्वागत गर्ने छन् । काँग्रेस निकट निलहरी र माओवादी निकट मौसमी मल्लको प्रतिष्पर्धामा बिकास बोर्डमा सिफारिस भएका हुन्  । माओवादी निकट मौसमी बोर्ड सदस्यमा पुनः जान ईच्छा देखाएपछी उनलाई बोर्डमा नियूक्त गराउन संघका पूर्व  अध्यक्ष  युवराज लामा जो हाल राष्टिय खेलकुद परिषदका सदस्य सचिव पनि हुन्  । उनले राजकुमार राईलाई तिब्र दबाब दिएका थिए भने काग्रेसको बाहुल्य रहेको संघमा काँग्रेस नेता तथा निर्माता रमेशजंग रायमाझीले काफ्लेलाई नियूक्त गर्न राजकुमारलाई तिब्र दवाव दिएका थिए ।