माओवादी सरकार गठन भएको केहि समय पछि नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष बनेका गणेश भण्डारीले नेपाली चलचित्रमा संकट लाग्न सक्ने सम्भावना केहि समय पहिले नै विभिन्न सन्चार माध्यमहरु मार्फत गराएका थिए । यधपी केहि निर्माताहरुको केहि असहमति कारण उनको सो सम्भावना अलपत्र पर्यो ।
नेपाली चलचित्रका विविध समस्यालाई समाधान गर्न भण्डारी आफु चलचित्र विकास बोर्ड अध्यक्ष भए लगत्तै विभिन्न कदमहरु चाल्ने गरेको पाईन्छ । यस्तै उज्यालो नेटवर्कको एक कार्यक्रममा उनले बनाएको अचारसंहिता लागू भए नेपालका अधिकांश चलचित्र भवनहरु बन्द हुन सक्ने चेतावनी दिए । उनले भने, 'यदि हामीले बनाएको आचारसंहिता कार्यान्वयनमा आयो भने देशका धेरै हलहरू बन्द हुन सक्छन् । त्यसैले बेलैमा सबैलाई सचेत हुन आग्रह छ ।' बेलाबेला हलको पूर्वाधारको बारेमा प्रश्न उठ्ने गरेकाले बोर्डले हलको पुर्वाधार विकास लागि केहि निती ल्याएको हो ।
भण्डारीले नेपाली चलचित्रको विकासको यस्ता विभिन्न छलफल अन्र्तक्रिया हुने गरेता पनि कार्यान्वयन भने हुन केहि समय लाग्ने जानकारी दिए । साथै डिसिएनबाट सन्चालित सिनेमा भवनहरुको अवस्था केहि राम्रो भएता पनि अन्य सिनेमा भवनहरुको अवस्था नाजुक रहेको र ति सिनेमा भवनहरुको स्तर वृद्घिका लागि केहि सहयोग गर्न चलचित्र विकास बोर्ड तयार रहेको जानकारी समेत दिए । साथै उनले सो कार्यक्रममा चलचित्र विकास बोर्ड छलफलै छलफलको गोल चक्करमा फसेको र उचित कार्य गर्न केहि कठिनाई समेत भएको जानकारी गराए ।
भण्डारीले नेपाली चलचित्रका लागि अव छिट्टै नै राहत कार्यक्रम ल्याउन लागि परको जानकारी समेत दिए । नेपालको अस्थिर राजनैतिक अवस्थाका कारण चलचित्र विकास बोर्डको नेतृत्व पनि राजनैतिक भागवण्डाका कारणले गर्दा विवाद मुक्त बन्न सकेको छैन । सरकार परिवर्तनसँगै चलचित्र विकास बोर्डको नेतृत्व पनि दलको भागबण्डामा पर्ने हुनाले विभिन्न समयमा चलचित्र विकास बोर्ड ल्याएका यस्ता कार्यक्रमहरु अलपत्र पर्ने गरेको पाइन्छ । हेरौ बोर्डका अध्यक्ष भण्डारीले ल्याएका यस्ता कार्यक्रमले कहिले सम्ममा मुर्त रुपमा पाउने हो प्रतिक्षाको विषय बनेको छ ।