मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बाँचुन्जेल छैन वास्ता

सुमन वाग्ले, काठमाण्डौ, 2012/01/28

नेपाली चलचित्र क्षेत्रले एक कुशल चरित्र अभिनेत्री सुशिला रायमाझलाई गुमाएको अवस्थामा यतिबेला सिङगो उधोग शोकाकुल भएको छ । उनको यो निधनले  नेपाली चलचित्र क्षेत्रलाई अपुरणिय  क्षति पुगेको छ ।  

 

अभिनयका माध्यमबाट समाज  रुपान्तरण र चेतना दियो बाल्ने कलाकारको यो  निधनले एकफेर सबैलाई सोच्न बाध्य बनाएको छ । नेपाली चलचित्र क्षेत्रमा लामो समयसम्म कुशल अभिनयका माध्यमबाट दर्शकको मन सजिलै जित्न सफल स्व. चरित्र अभिनेत्री सुशिला रायमाझी बाचुन्जेल कसैले पनि वास्ता गरेनन् । लामो समयदेखि क्यान्सर रोगबाट पिडित रायमाझीको निधन पश्चात मात्रै उनी प्रति सहानुभुति दर्शाउने र उनको बारेमा चर्चा परिचर्चा हुन थाल्यो ।

 

बाचुन्जेल उनको चलचित्र अभिनय र निर्माण सम्मको सक्रियताको कुनै पनि तारिफ भएन । उनको  दुखद निधन भएपछि मात्रै चलचित्र सम्बन्धि संघसंस्था सलबलाउन थाले । स्व. चरित्र अभिनेत्री रायमाझी स्वास्थ लामो समयदेखि बिग्रेको अवस्था पनि सरकारी निकाय नेपाल चलचित्र विकास बोर्ड र कलाकारको हक अधिकारका लागि भनेर  स्थापना गरिएका नेपाल चलचित्र कलाकार संघले उचित ध्यान पुर्‍याउन सकेनन् जुन निकै नै दुखद प्रसङग हो ।

 

एकैचोटी उनको निधन भएको खवरले सबैलाई आश्चर्य र चिन्तित बनायो । दर्जनौ नेपाली चलचित्रमा अभिनय गरकी उनको स्वास्थ उपचारमा के कस्ता समस्याहरु आइ परे र समाधानका लागि के कस्ता पहल भए त्यसको बारेमा चलचित्र सम्बन्धि संघसंस्था मौन छ । बाचुञ्जेल उनको वास्ता नगरिंदा रायमाझी परिवारले सुटुक्क दाहसंस्कार गरेको हुन सक्ने अंकलन काटिएको छ । कलाकारको देहान्त भए पश्चात मात्रै गुणगान र प्रशंसा गर्ने प्रथाको अन्त्य अझै पनि हुन सकेको छैन । यो प्रथा अहिले पनि चलिरहेको छ र भविष्यमा पनि चल्ने कुरामा दुई मत छैन ।

 

चलचित्रकर्मीहरु उत्तेजित अन्र्तवार्ता, पारिश्रमीक र  ग्यालमर गसिपको पात्र बनाइएता पनि उनिहरुको व्यक्तीगत जीवनका विभिन्न समस्या र समाधानका विषयमा कसैको पनि  पनि ध्यान जान सकेको छैन । हजारौं चलचित्रकर्मीहरु प्रत्यक्ष रुपमा चलचित्र क्षेत्रमा क्रियाशिल भइरहदा पनि राज्यले  कलाकार प्रति हेर्ने दृष्टिकोण अझै स्पष्ट छैन । राज्यले कलाकारलाई राष्ट्र गहनाका  रुपमा परिचय दिए पनि कानुनी रुपमा नै कुनै ठोस कदम चाल्न सकेको छैन । कलाकार प्रतिको राज्यको  उदासिना र कमजोर  नितीकारण दिन प्रतिदिन कलाकारको मूल्य घट्दै छ । राष्ट्रका यि गहनाको बारेमा राज्य र सम्बन्धित संघसंस्था कहिले सम्म मौन रहने ? प्रश्न उठिनै रहने छ ।