मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ज्ञानेन्द्रको करियरकै पहिलो कमेडी

फिल्मीखबर, काठमाण्डौ, 2012/01/31

पछिल्लो समयमा प्रदर्शनमा आएका नेपाली चलचित्रहरु मध्ये केहि चलचित्रहरुले सफलता पाएपनि अधिकांश चलचित्रको व्यापार भने मध्यम नै छ । तैपनि चलचित्र क्षेत्रमा क्रियाशिल चलचित्रकर्मीका प्रयास भने जारी नै छ । एक दर्जन भन्दा बढि चलचित्रहरुको छायाँकन भइरहेको छ भने दर्जनौ चलचित्रहरु प्रदर्शनको पालो कुरेर बसेका छन् ।

 

यसैक्रममा पुर्णतया कमेडी चलचित्र मानिएको छविलाल कन्जुस छैन पनि यहि माघ २० गतेबाट नेपाल भरिका सिनेमा भवनहरुबाट एकैसाथ प्रदर्शनमा आउँदैछ । चलचित्र मुनामदन, बरमाला, लवकुश, देवरबावु, हिफाजत, रणसंग्राम र खुसी जस्ता चलचित्रहरु निर्देशन गरिसकेका ज्ञानेन्द्र देउजाले चलचित्र छविलाल कन्जुस छैन निर्देशन गरेका हुन् । फिल्मीखबरसँगको कुराकानीमा  निर्देशक देउजाले यो चलचित्र आफ्नो करियरको पहिलो कमेडी चलचित्र भएको बताए ।

 

चलचित्रमा छविलालको लिड रोलमा अभिनेता निर शाह रहेको र विष्णु सापकोटा, सुमन सिंह, सुमिना घिमिरेको भुमिका पनि सशक्त रहेको जानकारी देउजाले फिल्मीखबरलाई दिए । देउजाले यसभन्दा अघि साहित्यिक कृति नारी प्रधान, द्धन्द्ध प्रधान र पारिवारिक विषयवस्तुमा आधारित चलचित्र निर्देशन गरेपनि पुर्णतया  कमेडी विषयवस्तुलाई भने चलचित्रको पर्दामा  उतारेका थिएनन् ।

 

केहि दिन अगाडी मात्र आफ्नो चलचित्रलाई दुबईमा रिलिज गरेर नेपाल फर्केका देउजाले त्यहाँ रहेका दर्शकले आफ्नो चलचित्रलाई रूचाएको बताए । चलचित्रको पव्लिसिटीका लागि अभिनेता निर शाह, सुमन सिंह र निर्देशक देउजा केहि दिन अगाडी दुबई पुगेर हाल काठमाडौ फर्किसकेका छन्  । चलचित्रको प्रदर्शनको मिती नजिकिदै जाँदा निर्माता सन्जय कुटु स्वयमले चलचित्रका लागि समय दिन भ्याएका छैनन् ।

 

लामो समय देखि सञ्चारमाध्यमबाट टाढा रहेकी नायिका सुमिना घिमिरे र निर्माता कुटुको चलचित्र प्रोमोशन भुमिका शुन्य रहेको अवस्था पनि निर्देशक देउजाले आफै पब्लिसिटीमा दौडिएका छन् । निर्देशक देउजाले करियर कै पहिलो कमेडी चलचित्र भन्दै चलचित्रको प्रोमोशन दौडधुपको प्रयासले चलचित्रलाई कुन उचाईसम्म लाने हो त्यसको लागि भने माघ २० लाई नै पतिक्षा गर्नु पर्ने देखिन्छ ।