मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राणा साहेव अपडेट नहुँदा

फिल्मीखबर, काठमाण्डौ, 2012/01/31

चलचित्र क्षेत्रमा दशकौं विताईसकेको एउटा कुशल कलाकारले आफूसँग सम्बन्धित संस्थाको चेयर पर्सनको नाम थाहा पाउदैन भने उसलाई के भन्ने ? एक फिल्मी जमघटमा भेटिएका पाका अभिनेता विएस राणाले फोनमा कसैसंग सोध्दै थिए कलाकार संघको अध्यक्ष राजकुमार राई हैन ? उनले फोनमा त्यसो भनेको सुन्दा फिल्मीखबर केही बेर अचम्ममा मात्रै परेन तिन छक्क नै पर्‍यो ।


कलाकार संघको अध्यक्ष रमेश बढाथोकी हुन् भने निर्माता संघको अध्यक्ष राजकुमार राई  ।  तर यसको ज्ञानबाट यि राणा कलाकार भने टाढै रहेछन् । तुलसी नाम गरेका एक ब्यक्तिसंग उनी फोनमा करिब दश मिनेट ब्यस्त थिए र यहि बिषयमा विविध कुराकानी गर्दै उनी उद्योगको बारेमा अपडेट हुँदै थिए । लाग्थ्यो त्यो संवादमा उनी निर्देशक तुलसी घिमिरेसंग महिनौ पछी फोनमा कुराकानी गरिरहेका थिए ।

 

उक्त फोन संवादमा सिनेमासँग सम्बन्धित धेरै बिषयमा राणा अपडेट हुदै थिए र हरेक प्रश्नमा उनी गलत हुन्थे । यति सम्मकी सोही फोन संवादसंगैको केही छलफलमा उनीद्धारा अभिनित र रिलिज हुन लागेको पछिल्लो चलचित्र 'आई एम सरी' का निर्देशक र कालकारलाई समेत उनी चिन्दा रहेनछन् । यसबाट के प्रस्ट हुन्छ भने यि राणा साहेबलाई अब बिस्तारै बुढ्यौलीले छुँदैछ । कि कसो राणा साहेब ज्यू !