मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

संचिताको निलेस र अरूणिमाको अक्षता

फिल्मीखबर, काठमाण्डौ, 2012/01/31

केही महिनाको फरकमा आमा बनेका दुई हिरोईन संचिता लुइटेल र अरूणिमा लम्सालले आफ्नो सन्तानको उपयूक्त नाम जुराएका छन् । ज्योतिषले न्वारनमा एउटा नाम जुराए पनि  स्र्टाईलिस दुई आमाले आफ्ना सन्तानको नाम फरक राखेका हुन् ।  

 

एक कार्यक्रममा संगै भेटिएका उनीहरूले आफ्नो सन्तानको नाम एक अर्कालाई सुनाउदै प्रतिक्रिया पनि लिए ।  छोरीलाइ स्पोर्टस पर्सन बनाउने सपना बोकेकी अरूणिमाले आफ्नी पुतलीको नाम अक्षता राखेकी छिन् भने संचिताले छोराको नाम निलेस राखेकी छिन् । निखिल पुत्र 'निलेसको अर्थ चन्द्रमा हो रे ! जसले सितलता प्रदान गर्छ' सुत्केरी अवस्थाको ठूलो गाला हालेकी संचिताले फिल्मीखबरलाई जानकारी दिदै भनिन् ।

 

यस्तै संचिताले छोराको नाम सम्बन्धमा थप खुल्दै भनिन्, 'निखिल जी र म बीच के नाम जुराउने भन्ने बिषयमा बहस धेरै भएपछी अन्तत उहाँको नाम जस्तै मैले छोरोको नाम निलेस राखेको हु । यस्तै अरूणिमाले आफ्नै नामबाट उठेको पहिलो अक्षर अ लाई आधार मान्दै छोरीको नाम दश बर्षपछी यूनिक हुने बताईन् ।

 

'अक्षता जो निधारमा रहिरहन्छ, जसलाई सधै प्रसादको रूपमा हेरिन्छ त्यसैले नानीको नाम हामीले अक्षता राखेका हौ', छोरीको नामको बिषयमा खुल्दै अरूणिमाले भनिन् ।