हिरो फेर्ने नायिका, त्यसपछी दाई फेर्ने नायिका अनि अहिले आएर नेता फेर्ने नायिका भन्दा रेखा थापालाई कसो होला ? सम्बन्धित तस्बिरहरू हेरेपछी रेखालाई कस्तो बिशेषण दिने भन्ने प्रसंगको जिम्मा तपाईलाई नै ।
केही समय अघिको एक बसाईमा रेखाले भन्दै थिईन्, 'म दर्शकहरू माँझ रूचाईरहेको अवस्थामा अभिनयबाट टाढिन्छु र राजनितिमा पाईला राख्छु । विभिन्न बहानामा चर्चामा आईरहने रेखाले जसरी हिरोहरू फेर्छिन् सोही अनुरूप प्रत्येक बर्षको तिहारमा दाई फेरिरहने उनले यसपालि भने नेता नै फेरिन् । प्रचण्डको पर्सनालिटीबाट प्रभावित उनलाई प्रचण्डको घोप्टे जुङ्गा जति मन पथ्र्यो अव माधव नेपालको चिटिक्क पारेको जुङ्गाले उनलाई त्यतिकै तानेको प्रष्ट भएको छ ।
फेसबुकमा तस्बिर सार्वजनिक गर्दै उनले माधव नेपालसंग लविङ गरेको प्रष्टिन्छ । लंकाको सुटिङ सेटबाटै माधव नेपालको साथ एउटै मञ्चमा रेखा उभिंदा अब उनी माओवादी छाडेर एमाले भए जस्तो देखिन्थ्यो । नेपाली सिनेमाको राजनीतिमा समेत प्रखर रेखाले घट्दै गईरहेको प्रचण्डको पावरलाई लत्याउदै नेपालसंग साईनो गाँस्न आँट्नुले अब उनी नयाँ राजनीतिक परिचय बनाउन चाहन्छिन् ।
यध्यपी संस्थागत रूपमा रेखा माओवादीको हैनन् तर माओवादी आन्दोलनमा प्रचण्डसंग कम्मर मर्काउदा उक्त बिषयले संसार हल्लाई दिएको धेरै भा'छैन । तसर्थ देश अनुसारको भेष भनेझै निरिह अवस्थामा रहेका प्रचण्डको साथ छाड्दै रेखाले माधवको हात समाउन खोज्नुले विभिन्न तर्क गरेका छन् । तपाईको नजरमा हिरो देखि लिएर दाई अनि अहिले आएर नेता समेत फेरेकी रेखाको पछिल्लो गतिविधिलाई के भन्नु हुन्छ ? प्रतिक्रिया जनाउनु होला ।