मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सिनेमा खिच्न डिजिटलमा चासो

अनुप भट्टराई, काठमाण्डौ, 2012/02/01

पछिल्लो एक दशकमा प्रविधिको बिकास संगै नेपाली सिनेमा निर्माणको क्रम बृद्धि भैरहेको छ । सेलुलोईड प्रविधिमा बर्षौ लगाएर फिल्म खिचिने  परिपाटी आजकाल महिना दिनमा छोटिदा फिल्म निर्माणको गति बढ्नुको साथै श्रमसृजना दिनको दुई गुणा रातको चौगुणाले बृदि भैरहेका छन् ।


प्राविधिक समेत विदेशबाट ल्याएर सिनेमा खिचेका उदाहरण धेरै  भएपनि पछिल्लो तीन बर्षमा यो ट्रेन्ड करिब अन्त्य भएको छ । 16 र  Super 16 मा सिनेमा बनाउने प्रचलन एक समय जति धेरै थियो अहिले 2K, 4K लगायतका उच्च प्रविधिका डिजिटल क्यामेराको प्रयोगले सिनेमा मेकिङ्गमा सहजता पुर्‍याउँदा सवैको आकर्षण बदलिदो प्रविधिमा हुन थालेको छ । सोभित बस्नेतका सिनेमाहरू पर्याप्त  गुणस्तरियता  नहुने आरोप लागे पनि उनी पनि पछिल्लो दुई बर्ष यता प्रविधिसंगै परिवर्तन हुदै आफूलाई अपडेट गराउन सफल छन् ।

 

सफल निर्माता छवि ओझा जसले Super 16 मा धेरै फिल्म बनाए तर पछिल्लो चार बर्षयता उनले आफ्नो क्यामेरालाई घरमा थन्काएर डिजीटल क्यामेरा रोजेका छन् । प्रदर्शक नकिम उद्धीनले पहिलो पटक भित्राएको डिजटल प्रविधिलाई कागबेनी र सानो संसार पछी  बाहिरको प्रोडुयूसर भएर छविले हिफाजत खिचेका थिए जति बेला उनको आलोचना ज्यादै भएको थियो । तर हिफाजतको सफल रिलिजले उनको पद पच्छाउदै अन्य निर्माताहरू पनि जोसिए फिल्म बनाउन । तर उनीसंगैका सहकर्मी नरेश पौडेल भने अझै डिजीटलमा परिवर्तन हुन सकेका छैनन् ।

 

छवि बदलिए पनि नरेशले 16 बाटै नयाँ सिनेमा निर्माणको कार्यलाई अन्तिम चरणमा पुर्‍याएका छन् । त्यसैगरी सिनेमा निर्देशनको अनुभव दुई दश वितिसक्दा सफल निर्देशक तुलसी घिमिरेले पनि डिजीटललाई आत्मसाथ गरेका छैनन् । उनले निर्देशन गरेको पछिल्लो सिनेमा मृगतृष्णा पनि 16 मै खिचिएको सिनेमा हो ।  डिजीटल भन्दा सोलुलाईडको डेप्थ क्ल्यिर आउने भएपनि  प्रोष्टप्रोडक्सनको झन्झटिलो कार्यले सोलुलाईड प्रति सिनेकर्मीको आकर्षण घट्दै गईरहेको छ । तर यो  भिडमा डिजिटलमा  एउटा सिनेमा तिमि मात्र तिमि निर्देशन गरेका योगेश घिमिरे पुनः १६ मै फर्किएका छन् ।


हाल नेपालमा पाँचवटा Red Cine 4K क्यामेरा छन् भने आधा दर्जनको संख्यामा टूके क्यामेरा छन् । पछिल्लो दुई बर्ष 2K को प्रयोग अत्याधिक भएपनि लेन्सको खरावीका कारण वाईड एंगलमा खिचिएको सबजेक्ट ब्लर हुदा यसको क्रेज घट्न थालिसकेको छ । अहिले रेड क्यामेराको प्रयोग बढिरहेको छ । रेडले पहिलो पटक खिचिएको सिनेमा 'काठमाण्डू' हो भने दोस्रो पटक खिचिएको र पहिलो पटक रिलिज भैसकेको सिनेमा 'म तिम्रो भैसके' हो । रेड प्रयोगको रिजल्ट पर्याप्त मात्रामा आउन अझै बाकी भएपनि यो क्यामेराबाट खिचिएका सिनेमाको संख्या पनि बढिरहेको छ ।

 

त्यस्तै डिजिटलकै हिसावमा च्यालेन्ज, चपली हाईट र थ्री लभर्स खिचेको क्यामेरा PMW 350 को प्रयोग पनि बढिरहेको छ । थोरै लाईटमा पिएमडब्लूबाट सिनेमा खिच्न सकिने हुदा यसको तारिफ पनि भैरहेको छ । जसलाई पछिल्लो समयका चर्चित क्यामेरापर्सन पुरूषोत्तम प्रधानले एक पटकको प्रयोगबाट मुक्त कण्ठले गरेका छन् ।


डिजिटल क्यामेराको प्रयोग नेपालमा कसले सुरूमा गर्यो भन्ने बिषयमा पनि  कहिले काही विवाद भएको देखिन्छ । अल्पविराम निर्देशन गरेका नारायण पुरी आफ्नो सिनेमा पहिलो डिजटल सिनेमा  हो भनी मिडियामा प्रतिक्रिया  दिएईरहेका हुन्छन् भने भुषण दाहाल डिजिटलमै बनेर र डिजीटलबाटै  रिलिज भएकाले कागबेनी पहिलो डिजीटल सिनेमा हो भनी तर्कहरू दिईरहेका हुन्छन् ।   तर तर्कहरू जे जस्तो भएपनि  डिजीटलको प्रयोगमा  सिनेकर्मीहरूको रूची अत्याधिक बढ्दा चाहेर पनि सोलुलोइडको प्रयोग आगामी दिनमा बढ्ने सम्भावना न्यून नै देखिन्छ ।

 

चलचित्र बिकास बोर्डले डिजिटल क्यामेराको स्तर अनुरूप सिनेमाको बर्गिकरण छुट्ट्याउने निति अघि सार्दा क्रिएसनलाई क्यामेरासंग तौलिन खोजिएको  भन्ने बिषयले विवाद समेत नमित्याएको हैन तर बोर्डले उक्त  निति ल्याउने तयारी गरे पनि यो छोटो अवधिमा  डिजीटलको प्रयोग ९५ प्रतिशत भन्दा बढी प्रयोग हुँदा आउँदो एक दशक भित्र सेलुलोईडको प्रयोग पूर्ण रूपमा नहट्ला पनि भन्न सकिन्न ।