नेपाली चलचित्र क्षेत्रमा क्रियाशल चलचित्रकर्मीहरुको योगदानलाई सम्मान गर्दै बेलाबखत विभिन्न अवार्डका कार्यक्रमहरु हुने गरेको पाईन्छ । जीवनको महत्वपुर्ण समय नेपाली चलचित्र प्रति समर्पित गर्ने तमाम चलचित्रकर्मीहरुको योगदानलाई मध्यनजर राखी आयोजना गरिने यस्ता अर्वाडका कार्यक्रमले चलचित्रकर्मीलाई अझ हौसला प्रदान गर्ने गरेको पाईन्छ ।
लामो समयदेखि चलचित्र क्षेत्रसँग आवद्व चलचित्रकर्मीहरुको सम्मान र नयाँ पिढीका चलचित्रकर्मीहरुलाई प्रोत्साहन गर्न उद्देश्यले सन्चालन गरिने यस्ता अर्वाडका कार्यक्रमहरु भने विवाद रहित हुन भने नसकेको अवस्था छ । विगतका केहि बर्षहरु देखि आयोजना गर्दै आएको नेपाल चलचित्र प्राविधिक संघले यसपालिको अवार्ड कार्यक्रमलाई फेरि सारेको छ । संघको अवार्ड पुषमा हुने कुरा थियो तर सो कार्यक्रम पुषबाट सरि फागुनको ५ गते सम्म पुग्यो । फेरि सो कार्यक्रम मिती सर्ने पक्का छ ।
केहि समय पहिले आयोजना गरिएको पत्रकार सम्मेलनमा अवार्ड केहि महत्वपुर्ण सामाग्रीहरु सार्वजनिक गरिए लगत्तै छिटै नै अवार्डको मिती पनि सार्वजनिक गरिने सो कार्यक्रममा बताइएको थियो । नेपाल चलचित्र प्रवाधिक संघका उपाध्यक्ष मनोज केसीले फिल्मीखवरलाई दिएको जानकारी अनुसार सो कार्यक्रम अव चैत्रको पहिलो हप्तामा हुनेछ । केसीका अनुसार अघिल्ला वर्षहरुमा भन्दा अहिलेको अवार्ड कार्यक्रम अलि ढिलो हुने भएपनि अझ वढि आर्कषक भव्य हुने समेत उनले बताए ।
केहि समय पहिले नै पत्रकार सम्मेलनमा विभिन्न विधामा परेका चलचित्रकर्मीहरुको नाम र चलचित्र सार्वजनिक गरिएता पनि सो कार्यक्रमको कार्यतालिका अझै पनि स्पष्ट रुपले सार्वजनिक हुन सकेको छैन । चलचित्रकर्मीको सम्मानका खातिर आयोजना सघंको कार्यक्रमहरुको कार्यतालिका स्पष्ट रुपले बाहिर ल्याउन नसके पनि कार्यक्रमले चलचित्रकर्मीलाई थप प्रेरणा र हौसला प्रदान गर्ने कुरामा दुई मत छैन । तर नोमोनेशनमा नै बिबादमा परेको यो अवार्ड वितरण कत्तिको निष्पक्ष हुने हो त्यो हेर्न बाँकी छ ।