
ब्यापक पब्लीसिटीको योजना अनुरुप चलचित्र काठमाण्डूले पहिलो दिनको शोमा दर्शकलाई हल सम्म तान्न सफल भएको छ ।
ओपनिङ राम्रो भएपछी क्यूएफएक्स च्यानल अर्न्तगतका सेन्ट्रल र कुमारीमा सिनेमा घरमा थप एक शो बढाईएको छ । निर्देशक आकाश अधिकारीले ओपनिङ राम्रो भएको भन्दै चर्चामा रहेका मल्टिप्लेकसले यसरी शो बढाई दिदा राहत महसुत भएको बताए । काठमाण्डूलाई क्यूएफएक्स च्यानलले एक शो देखाउने निर्णय गरेका थियो तर दर्शक ओहिरिएपछी शो थपिएको निर्देशक आकाश अधिकारीले जानकारी दिए ।
शुक्रबार बिग सिनेमामा भब्य प्रीमिएर गरी सुरु भएको काठमाण्डू विग सिनेमामा ६ शोको दरले प्रदर्शन भैरहेको छ भने मल्टिप्लेक्समा दोस्रो नम्बरको कलेक्सनमा अगाडी आउदै गोपीकृष्ण, गुण र अष्टनारायणमा चार शोका दरले प्रदर्शन भैरहेको छ । राजधानी बाहिरको प्रदर्शनलाई अकस्मात स्थगित गरि राजधानीमा मात्र केन्द्रित काठमाण्डूको शो थपिए पनि कलेक्सनको पूर्ण रिपोर्ट शनिबार बेलुकी मात्र थाहा हुने छ ।