मिति : २०८२ वैशाख १४, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेफ्टा अवार्डमा महानायक नाच्ने

फिल्मीखबर, काठमाण्डौ, 2012/03/12

उमेर ढल्किएसंगै महानायक राजेश हमालले आफूलाई परिवर्तन गर्दै लगेका छन् । सायद त्यहि भएर होला चैत्र १८ गते हुने नेफ्टा अवार्डको पाँचौ संस्करणमा हमालले सवैका लगाडी लाईभ कम्मर मर्काउने छन् ।


सम्मान पूर्वक हमाललाई नेफ्टा अवार्डको कुनै पनि प्रतिष्पर्धामा नराखेको प्राविधिक संघले अवार्डका लागि रिहर्लसल तयारी सुरू गरेको छ । जुन तयारीमा महानायकले केही समय आफ्नो टाईम दिदैछन् र सयौ सिनेकर्मीको भिडमा कम्मर मर्काउने छन् । 'यसपालि गत बर्षको भन्दा बृहत ढङ्गले कार्यक्रम आयोजना हुदैछ जसका लागि हामीले रिहर्लसलको कार्यक्रम पनि सुरू गरिसकेका छौ', नेफ्टा कार्यक्रम संयोजक सम्झना उप्रेतीले जानकारी दिईन् ।

 

सोल्टी क्राउन प्लाजाबाट लाईभ प्रसारण हुने उक्त कार्यक्रममा रेखा थापाले सोलो डान्स देखाउने छिन् भने झरना थापा, रेजिना उप्रेती त्यसैगरी नयाँ पुस्ताका हिरोईनहरू सुमिना घिमिरे, सुष्मा कार्की, हर्षिका श्रेष्ठ, एसराज गरच तथा मुकेश आचार्यले पनि आफ्नो प्रस्तुती राख्ने छन् । तर गत बर्षको झै यसपालि करिश्मा मानन्धरको प्रस्तुती भने हुने छैन । 'लाईफ पर्फममा कलाकारहरूको लिष्ट अझै थपिने छ किनकी नोमिनेशनमा परेका हरेक सिनेमाबाट आर्टिष्टहरूलाई हामीले नचाउने छौ', संयोजक उप्रेती बताउछिन् ।


प्राविधिक संघको आयोजनामा बर्षेनी हुदै आएको यस पटकको अवार्डमा सिने सेलिब्रेटीको विशेष उपस्थितिले कार्यक्रमलाई भब्य बनाउने तयारी भैरहेको छ । जसका लागि एक महिने रिहर्लसलमा कोरियोग्राफर गोविन्द  राई तथा शंकर विसी डटेर लाग्ने छन् । अवार्ड नोमिनेशनका लागि केही सिनेमाले हात झिके पनी भब्य तरिकाले कार्यक्रम सम्पन्न गराउने उपाध्यक्ष मनोज केसीले जानकारी गराए । अवार्ड सेरोमोनीमा प्राविधिक संघले  सस्पेन्स तरिकाले भारतीय अभिनेता मिथुन चक्रवर्तीलाई प्रमुख अतिथि बनाउने तयारी गरेको हल्ला चले पनि यसबारेमा औपचारिक जानकारी गराईएको छैन ।