मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रिदम : श्रावण १ गतेबाट प्लोरमा

फिल्मीखबर, काठमाण्डौ, 2012/07/12

नसिब आफ्नो फिल्मबाट निर्देशनमा डेब्यू गरेका विकास आचार्यले श्रावण १ गतेबाट प्लोरमा जाने तयारीका साथ 'रिदम' फिल्मको प्रि-प्रोडक्सनमा व्यस्त छन् । वान टाईम सिनेमाको व्यानरमा प्रदिप दाहालले निर्माण गर्न लागेको सो फिल्मबाट दुई नयाँ अनुहार प्रवेश गर्दैछन् । मानिसको जीवनमा आउने उतारचढावका घटनाक्रमलाई मुख्य थिम बनाएर निर्माण गर्न लागिएको समसामायिक फिल्म 'रिदम' बाट निष्मा घिमिरे र सोहित मानन्धरले डेब्यू गर्न लागेका हुन् ।

सोहितले बिरेन्द्र हमालसँग अभिनय कोर्ष गरिरहेका छन् भने निष्माले अनामनगरमा रहेको मन्डला नाटकघरमा अभिनयको कोर्ष गरिरहेकी छिन् । विकासले नाइ नभन्नु लबाट ऋचा सिंह ठकुरीलाई पनि ब्रेक दिएका हुन् ।  यस्तै फिल्ममा जीवन लुईटेल, स्वेता भट्टराई, निर शाह, विल्सन विक्रम राई र बालकालाकार अनुभव रेग्मीको मुख्य भुमिका रहनेछ । प्रेमकथाको साथमा वर्तनाम नेपालको समसामायिक अवस्थालाई समेत चित्रण गरिने उक्त फिल्मको कथा निर्देशक आचार्यले नै लेखेका हुन् ।

 

बसन्त सापकोटाको संगीत रहने रिदममा शम्भु सापकोटाको छायाँकन तथा कविराज गहतराजको करियोग्राफी रहनेछ । फिल्ममा जम्मा तीन गीत राखिने निर्देशक आचार्यले जानकारी गराए । उनका अनुसार जसरी नाइ नभन्नु ल र म तिम्रो भईसकेंका गीतले सांगितिक बजार तताए त्यसैगरी रिदमका गीतले पनि एकपटक सांगितिक बजार तताउनेछ ।