
कार्तिक ३ गतेका लागि रिलिज मिती तय गरिएको फिल्म 'सो सिम्पल' को शिर्ष गीत सार्वजनिक गरिएको छ । केशब भट्टराईले निर्माण गरेको सो फिल्मको गीत बुधबार केहि सञ्चारमाध्यमबाट रिलिज गरिएको थियो ।
शिब रेग्मीको निर्देशनमा बनेको प्रतिक्षित फिल्म 'सो सिम्पल' को उक्त सार्वजनिक गीतमा नयाँ अनुहारलाई देख्न सकिन्छ । निर्देशक रेग्मीकै छोरी भावनाको साथमा स्क्रिप्ट राईटर प्रदीप भारद्धाजका भाई प्रमोदले यहि फिल्म मार्फट सिने क्षेत्रमा आफ्नो पाईला लम्काएका हुन् । फिल्मी व्याकग्राउण्ड भएका यि दुई नयाँ अनुहारले यो क्षेत्रमा राम्रै छाप छोड्ने आश गरिएको छ ।
गीतमा ताराप्रकाश लिम्बुको संगीत, प्रदीप भारद्धाजको शब्द तथा प्रमोद खरेलको स्वर रहेको छ भने करियोग्राफी कविराज गहतराजले गरेका हुन् । फिल्ममा राजबल्लभ कोईराला, स्वेता भट्टराई, सुशिल पोखरेल, विनोद भट्टराई, रश्मी भट्ट, निर्मल शर्मा तथा भिजे शिशिर भण्डारीको पनि महत्वपूर्ण भूमिका रहेको छ ।
कोटकी कालिका देवी फिल्मसको ब्यानरमा नीता भट्टराई तथा मुकुन्द फुयाल समेत निर्माता रहेको सो फिल्ममा हिमाल केसीको द्धन्दनिर्देशन रहेको छ । फिल्मलाई दीपक बज्राचार्यले खिचेका हुन् ।