मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 4.00/5.00)
Text size:-
+
-

कलाकारहरुकै सन्तानको डेब्यू बर्ष ०६९

फिल्मीखबर, काठमाण्डौ, 2013/04/11

जेनेरेशन ग्याप आउदो बर्ष भने केही कम हुने देखिएको छ । कलाकारहरुकै सन्तान यो बर्ष डेब्यूको लहरमा देखिए । त्यस मध्येका एक हुन   बरिष्ठ कलाकार टिका पहाडीका छोरा  गौरव । प्राविधिक कारणले गौरवले डेब्यू गरेको फिल्म मञ्जरी भला यस बर्ष रिलिज हुन पाएन तर आउने बर्षको पहिलो महिनाको तेस्रो साता गौरवको अनस्क्रिन रोमान्सलाई दर्शकले अवश्य हेर्न पाउनेछन् । बाबुको विडो कत्तिको थामिएला त्यो रिलिज पछिको कुरा तर गौरवले अभिनयमा खोट लगाउने ठाँउ नदिएको मञ्जरीका निर्देशक गणेश देव पाण्डेको तर्क छ ।

 

यस्तै यो बर्ष ह्याण्डसम हंक आफ्ना सुपुत्रलाई भूवन केसीले पनि हिरोको ट्याग भिराउन सफल भए । भुवन पुत्र लिड रोलमा रहेको फिल्म होस्टेल पनि आउने बर्ष रिलिज हुदैछ । यहि फिल्ममा निर्देशक शोभित बस्नेतका छोरा सलोन पनि हिरोको रुपमा आउने बर्ष दर्शकमाझ पुन चिनिदैछन् । बाल कलाकार हुँदा देखाएको कमाल सलोनले हिरो भएपछि कसरी देखाएका छन् त्यसका लागि हस्टेल रिलिज मिति नै कुर्नुपर्ने हुन्छ । यस्तै होस्टेलमै नक्कली हिसिला यमी बनेर मार्केट तताईरहेकी कलाकार विपना बस्नेतकी छोरी रिष्ता पनि हिरोईनको रुपमा डेब्यू गर्दैछन् ।

 

 

यसका अलावा फिल्मकर्मीहरुका प्यारा अष्टनारायण हल बालाजुका साहु त्रिरत्न मानन्धरका छोरा शोहित पनि यहि बर्ष हिरोको रुपमा उदाए । नयाँ स्टारको रुपमा उदाएका उनी प्रवल सम्भावना बोकेको हिरोको रुपमा अहिले मार्केटमा चिनिएका छन् । उनीद्धारा अभिनित पहिलो फिल्म रिदम यो बर्षको सफल फिल्म मध्येको एक हो । यहि बर्ष चर्चित अभिनेत्री मौसमी मल्लका छोरा विक्कीले समय फिल्म मार्फत डेब्यू गरे । समय चलेन तर विक्की बजारमा चलेका छन् । उनले समय पश्चात नगवेली फिल्म खेलेर नयाँ फिल्म खेल्ने तयारी गरिरहेका छन् अहिले ।

 

 

 

यसैगरी बरिष्ठ निर्देशक शिव रेग्मीको छोरी भावनाले पनि यहि बर्ष हिरोईनको उपमा पाईन् । भावनाले सो सिम्पलमा स्क्रिप्ट राईटर प्रदीप भारद्धाजका भाई प्रमोदसंग अनस्क्रिन रोमान्स गरिन् । प्रमोद पनि यहि बर्ष ईन्डष्ट्रीका छाएका अनुहार हुन् । यध्यपी भावनाको तुलनामा प्रमोद अभिनयमा माथि देखिए यो फिल्ममा । शायद फिल्म यस बर्षको सर्वाधिक कलेक्सन गर्ने फिल्मको रुपमा अग्रपङिक्तमा रह्यो र यहि फिल्म निर्माण गर्ने कम्पनी दुर्गिस फिल्मसलाई आउदो बैशाख २१ गते हुने चलचित्र निर्माता संघको चुनावी साधारणसभामा पुरस्कार दिने तयारी पनि भईरहेको छ ।

 

 

फिल्मी व्याकग्राउण्ड नभएपनि यो बर्ष सर्वाधिक चर्चामा रहेकी नायिका प्रियंका कार्की यहि बर्षको फिल्म 'थ्री लभर्स' मार्फत यो क्षेत्रमा देखिईन् भने मायाज बार फिल्मबाट गजित बिष्ट आशलाग्दो कलाकारको रूपमा यहि बर्ष आए । यस्तै फिल्म फेसबुक मार्फत स्वतन्त्र प्रताप शाहले डेब्यू गरे भने छड्के फिल्मबाट थुप्रै नयाँ अनुहार देखिए । फिल्म समयबाट नै विक्कीसँगै सुरभी बिष्टले पनि डेब्यू गरिन् ।
 

यस्तै यहि चैत्र ३० गते रिलिज हुन लागेको फिल्म नोटबुकबाट शेन सापकोटाले डेब्यू गरेका छन् भने सोही मितीमा लाग्ने अर्को फिल्म हमेशाबाट नरेन खड्काले डेब्यू गरेका छन् । नायिका निश्मा घिमिरेले यहि बर्ष रिदम फिल्मबाट डेब्यू गरिन् । यि बाहेक यो बर्ष थुप्रै नयाँ अनुहार भित्रिएका छन् ।