मिति : २०८१ भाद्र २६, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'खामका लागि नागवेली गरेको हैन' : नीर शाह

फिल्मीखबर, काठमाण्डौ, 2013/05/05

उपयुक्त पैसा नपाए महत्वपूर्ण फिल्महरुलाई समेत छाडिदिने स्वभाव बनाएका नीर शाहले गोविन्द राईको डेब्यू फिल्म नागवेलीमा भने खामका लागि नखेलेको तर्क गरेका छन् । लामो समय देखिको एउटा रेनाउन्ड पर्सनालिटी बनाएका गोविन्दको फिल्ममा खामको सर्त विना काम गर्नु आफ्नो दायित्व रहेको भन्दै सो फिल्म खेल्न आफूलाई खामले नरोकेको तर्क शाहले गरे । 

 

 

हाल पोष्टको क्रममा रहेको नागबेलीमा नीर शाह मन्त्रीको भूमिकामा छन् जुन भूमिका थोरै भएपनि अत्यन्त सन्तोषजनक रहेको उनको तर्क छ ।  हरेक क्यारेक्टरमा जमिसकेका उनी पहिलो पटक क्याविनेट मन्त्रीको रुपमा यो फिल्ममा देखिदैछन् । 'सम्भवत: मैले मन्त्रीको भूमिकामा पहिलो पटक काम गरेको फिल्म नै यहि होला,' उनी फ्ल्याशब्याक जादै भन्दै थिए । डविङ सकेपश्चात फिल्मीखबरसंगको कुराकानीमा नीर राजाले गोविन्द जस्तो ईमान्दार मानिसको फिल्मको लागि सपनामा पनि सफलताको कामना गर्न आफू पछि नपर्ने तर्क गरेका छन् ।

 


कोरियोग्राफीको विद्यालाई छाडेर डाईरेक्सनमा जम्प गरेका गोविन्दले पनि नीर राजा बाहेक मन्त्रीको रोलमा अरु कोही आर्टिष्ट खेलेको भए फिल्म नै फिक्का हुने बताए । राईले फिल्मको सुटिङ चलेको धेरै दिनपछि जव शाह सेटमा आए तव मात्र पूर्ण डाईरेक्टर भएको महसुस आफूले गरेको तर्क गरे ।