
सन् २०११ की मिस नेपाल मलिना जोशीलाई ‘ऋतु’ फिल्ममा अभिनेता राजबल्लभ कोइरालासँग रोमान्स गरिरहेको देख्न सकिनेछ । रिलमा अभिनेता बल्लभसँग रोमान्स गरेकी मलिनाको रिल लाइफ भने यतिखेर अर्कै हिरोसँग रोमान्टिक बन्दैछ ।
प्रदर्शनको क्रममा रहेको ‘हँसिया’ फिल्ममा अभिनय गरेका अभिनेता तथा मोडल अनुप विक्रम शाहीको न्यानो मायामा मलिना पग्लिएकी छिन् । मलिना र अनुपको यो सम्बन्ध झन्डै ६ महिनादेखि चल्दै आएको बताइन्छ । मलिनाका हिरो प्रेमी अनुप म्यान हन्ट इन्टरनेसनल नेपाल २०१३ का विजेता समेत हुन् ।
यो जोडी अहिले आफ्नो प्रेमलाई पक्राउने क्रममा छ । बिभिन्न समारोहदेखि यो जोडी अहिले आफ्नो प्रेमलाई पक्राउने क्रममा छ । बिभिन्न किसिमका समारोहमा समेत हात गाँसेर यो जोडी हिड्ने गरेको छ । यद्पी आफ्नो सम्बन्धका बारेमा मलिना र अनुपले भने मुख खोलिसकेका छैनन् ।
भर्खर प्रेममा परेकी मलिनको डेव्यु फिल्म ‘ऋतु’ यही फागुन २३ गते अल नेपाल प्रदर्शन हुँदैछ । फिल्मसँगै मलिनाको प्रेम सम्बन्ध पनि सफल बनोस्, शुभकामना !