मिति : २०८१ आषाढ २४, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गोली खाएका गंगाबहादुरको कथामा `तान्द्रो` बन्ने

फिल्मीखबर, काठमाण्डौ, 2014/03/05

 

तात्कालिन माओवादी युद्धकालमा घटेका घटनालाई मुख्य आधार बनाउँदै ‘तान्द्रो’ नामक फिल्म निर्माण हुने भएको छ । ‘तान्द्रो’ निर्माणको अनामनगरस्थित मण्डला नाटकघरमा औपचारिक जानकारी गराइयो ।

 

वि.सं २०६० साल चैत २८ गते लमजुङको छैलुङ गाउँमा तात्कालिन माआवादीको साँस्कृतिक टोलीलाई राज्य पक्षबाट खटिएका सुरक्षा फौजले आक्रमण गरेको थियो । उक्त टोलीलाई नेतृत्व गरिरहेका गंगाबहादुर लामा उर्फ कोशिशलाई सुरक्षा फौजले घुँडामा गोली हानेपछि उनले पाँच दिनसम्म पाएको पिडालाई ‘तान्द्रो’ मा मुख्य रुपमा उतार्न खोजिएको लेखक तथा निर्देशक साम्तेन भुटियाले बताए ।

 

 

कोशिशको भूमिकामा कलाकार दयाहाङ राई प्रस्तुत हुँदैछन् । दयासँगै ‘तान्द्रो’ मा २२ जनाको साँस्कृतिक टोली र अन्य गरी ३० जना कलाकारले अभिनय गर्दैछन् । जसमा रामबाबु गुरुङ, सरस्वती चौधरी, राजन खतिवडा, अरुणा कार्की, कमलमणी नेपाल, मणीराम पोखरेल लगायत छन् । प्रेसमिटमा काभ्रे स्थायी घर भएका गंगाबहादुर लामा उर्फ कोशिशले भने, ‘मेरो जीवनको भोगाइको हत्या हुने छैन भन्नेमा म विश्वस्त छु ।’

 

घुँडामा गोली लागेर ५६ घण्टासम्म पानी पिउन नपाउँदा छोरीको स्मरणले बाँचेको अनुभव सुनाउने गंगाबहादुरले थपे, ‘मेरो यो गम्भीर भोगाइलाई फिल्मले न्याय गर्नेछ ।’ त्यस्तै अर्का लेखक उपेन्द्र सुब्बाले ‘तान्द्रो’को कथा गंगाबहादुरको यात्रा जस्तो लामो नभएको बताए । कलाकार दयाहाङ राईले भने आफु ‘दासढुङ्गा’ फिल्मपछि ‘तान्द्रो’ मा अनुबन्धित हुँदा औधी खुसी भएको सुनाए । ‘झोले’ का दयाले भने, ‘गंगाराम सरको भोगाइलाई पर्दामा उतार्ने प्रयास गर्नेछु ।’

 

 

आउँदो चैत्र १ गतेदेखि सुटिङ सुरु हुने फिल्ममा पुरुषोत्तम प्रधानको छायाँकन रहनेछ । कलाकार समेत रहेका 'तान्द्रो'मा भोलाराज सापकोटाले कलाकार छान्ने काम गरेका छन् । फिल्ममा सतिश गौतमको लगानी छ ।