चैत ६ गते बिहिबार हुने चलचित्र पत्रकार संघको निर्वाचनमा विभिन्न पदका लागि विभिन्न व्यक्तिको नाम चर्चामा आएका छन् । १३ सदस्यिय कार्यसमितिका लागि फिल्मवृत्तमा चर्चामा आएका नामलाई फिल्मीखबरले प्रस्तुत गरेको छ ।
अध्यक्ष पदमा भिड्न लागेका उमेद्धारहरू बाँयाबाट क्रमश : शान्तिप्रिय, डब्बु क्षेत्री, प्रदीप निरौला र आरडी श्रृङखला
निर्वाचित कार्यसमिति सदस्यको समयावधि ३ वर्षको हुनेछ । हालका अध्यक्ष विदुर गिरी हुन् । अध्यक्ष पदका लागि फिल्मीखबर साप्ताहिक पत्रिकाका प्रधान सम्पादक शान्तिप्रियको नाम आएको छ । यसअघि उनले अध्यक्ष र महासचिवको एक/एक कार्यकाल चलचित्र पत्रकार संघमा बिताइसकेका छन् । शान्तिप्रियसँगै राजधानी दैनिकमा कार्यरत डब्बु क्षेत्री, वर्तमान उपाध्यक्ष प्रदीप निर्रौला र आरडी श्रृङखला पनि अध्यक्ष पदको लागि प्रत्यासी देखिएका छन् ।
त्यस्तै कार्यक्रम उपाध्यक्ष पदको लागि वर्तमान महासचिव लक्ष्मण सुवेदी एक्ला उम्मेरद्वार हुँदा विष्णु सुवेदी र अशोक प्यासी राईबिच संगठन उपाध्यक्ष पदको लागि प्रतिस्पर्धा हुने देखिएको छ । महासचिवतर्फ राजन घिमिरे र सन्दिप सापकोटाको नाम आएको छ । यसअघि सन्दिप सापकोटाको स्थानमा राज श्रेष्ठ महासचिव पदका लागि लड्ने गरी लवीङ भैरहेको थियो ।
त्यस्तै सचिव पदका लागि दिनेश सिटौला र धनबहादुर खड्का या कुवेर गिरी मध्ये दुईबिच प्रतिस्पर्धा हुनेछ । कोषाध्यक्ष पदका लागि कुवेर डंगोल एक्ला उम्मेद्वार छन् । ७ सदस्यका लागि विजय आवाज, नेमिष गौतम, जीवन पराजुली, प्रदीप कार्की, प्रनप सुवेदी, गीता अधिकारी र सुनिल भट्टको नाम छ । यि नामहरू मध्ये केहि भोलीको दिनसम्म फेरबदल हुन सक्ने पनि देखिएको छ ।
भोली बिहीबार दश बजेदेखि हुने चलचित्र पत्रकार संघको ६ औं महाधिवेशनमा रंग पत्रकार अशोक प्यासी राई र जयन सुब्बा मानन्धरलाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिदैछ भने अनन्त वाग्ले चलचित्र पत्रकारिताबाट सम्मानित हुँदैछन् ।