
केही दिनअघि निर्देशक दीपेन्द्र के. खनालले फेसबुकमार्फत् फिल्म ‘के घर के डेरा : घर नम्बर २’ आगामी जेठ ९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने जानकारी गराएका थिए । तर, अब यो फिल्म एक हप्ता अगाडि सरेको छ । अर्थात् जेठ २ गतेबाट प्रदर्शनमा आउने भएको छ । यसको जानकारी फिल्मका वितरक करण श्रेष्ठले मंगलबार सामाजिक सञ्जालमार्फत् गराएका हुन् ।

एक दशकअघिसम्म डायरी (अटो)का पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनले गीत, गजल, मुक्तकसहितका प्रेमिल शब्द कोर्ने प्रचलनजस्तै थियो । डायरीका पानामा फोटोहरू टाँसिन्थे अनि जीवनका अविस्मरणीय क्षणहरू अक्षरहरूमा कैद गरिन्थ्यो । तर, डिजिटल युगको उदयसँगै त्यो प्रचलन हराउँदै गइरहेको छ । अब त्यो समयलाई सम्झाउन फिल्म ‘ऊनको स्वीटर’ बनेको छ ।

गणतन्त्र दिवसको दिन पारेर आगामी जेठ १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘महाभोज’को कौडा भाकाको गीत ‘मख्खै परेँ’ सार्वजनिक गरिएको छ । गीतमा सुरेन्द्र दियालीको शब्द रचना, प्रशान्त सिवाकोटीको स्वर तथा संगीत रहेको छ भने ससिका राईले गायनमा साथ दिएकी छन् ।

कृषा चौलागाईंको निर्देशनमा बनेको फिल्म ‘पिताम्बर’को एक्सनप्रधान ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ३ मिनेट १६ सेकेण्ड लम्बाइको ट्रेलरले फिल्म महिलामाथि हुने अत्याचारको कथामा बनेको प्रष्ट पार्छ । पिताम्बर पात्र अर्थात् प्रदीप खड्काले आमामाथि भएको अन्यायको बदला लिन गरेको संघर्षको वरिपरि ट्रेलर घुमेको छ ।


गत फागुनमा प्रदर्शनमा आएको फिल्म ‘ताण्डवम्’का निर्देशक जुनिम गहतराजले दोस्रो फिल्मको रुपमा ‘हे माया’ निर्देशन गर्ने भएका छन् । आगामी जेठबाट छायांकन सुरु हुन लागेको फिल्मको मंगलबार निर्माण घोषणा गरिएको हो । फिल्मलाई दीपक लम्सालले निर्माण गर्नेछन् ।