मिति : २०८१ चैत्र १९, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 55 - 60 of 22445
फिल्मीखबर, काठमाडौं, २०८१ चैत्र ४, सोमवार

यही चैत १५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डोरी’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ३ मिनेट लम्बाईको ट्रेलर शीर्षककै वरिपरि घुमेको छ । पैसाका लागि अदृश्य शक्ति रहेको डोरी खोज्न पात्रहरुले गरेको संघर्षलाई ट्रेलरमा देखाइएको छ । कमेडी, थ्रिल र हरर दृश्यहरू समेटिएको ट्रेलर रोचक बनेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ चैत्र ३, आईतवार

‘द्रोपदी’ भन्ने वितिक्कै धेरैलाई याद आउने भनेको महाभारतकी प्रमुख पात्र द्रोपदी नै हो । तर, अब यो नाम आउँदा फिल्मलाई पनि याद गर्नुपर्नेछ । किनकि, ‘द्रोपदी’ नाममा फिल्म बनेको छ, जुन यही शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । नाम महाभारतको पात्रबाट लिइएको भएपनि यो धार्मिक फिल्म होइन । द्रोपदी नामकी महिला पात्रमा केन्द्रित भएर फिल्मले बहुपति प्रथाको कथा भनेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ चैत्र ३, आईतवार

यस वर्षको हिट फिल्म बन्न लागेको ‘होस्टेल ३’को प्रदर्शनको १० दिनपछि नयाँ गीत ‘रक अन’ सार्वजनिक गरिएको छ । फिल्मको अन्त्यमा राखिएको यो गीतको अत्याधिक मागपछि युट्युबमा ल्याइएको निर्देशक सशान कँडेलले बताए । गीतमा फिल्मकै प्रमुख कलाकारहरू पारस बम ठकुरी र रिहान गिरीको साथमा समीर काजीको गायन तथा महेश ज्ञवालीको शब्द र संगीत रहेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ चैत्र ३, आईतवार

गत कात्तिकपछि तीन महिना नेपाली फिल्मको व्यापार निकै उदेकलाग्दो रह्यो । दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की, प्रदीप खड्का, प्रियंका कार्की जस्ता नाम चलेका कलाकारको फिल्मलाई समेत दर्शकले पत्याएनन् । तीन महिना कुनै फिल्मले अपेक्षित व्यापार नगर्दा फिल्म क्षेत्रमा नै निराशा छाएको थियो । तर, फागुन दोस्रो सातादेखि हलमा दर्शकको चहलपहल बढ्न थालेको छ ।

एजेन्सी, काठमाडौं, २०८१ चैत्र २, शनिवार

‘मिस्टर परफेक्सनिस्ट’को पहिचान बनाएका बलिउड सुपरस्टार आमिर खानको वैवाहिक जीवन भने ‘परफेक्ट’ रहन सकेको छैन । उनको दुईपटक घरबार बिग्रिसकेको छ । पहिलो श्रीमती रीना दत्तसँग सम्बन्ध विच्छेदपछि उनले किरण रावसँग विवाह गरेका थिए । किरणसँग पनि विवाह बन्धनमा बाँधिएको १६ वर्षपछि उनले सन् २०२१ मा डिभोर्स गरे । दुई श्रीमतीबाट उनका ३ सन्तान छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ चैत्र १, शुक्रवार

नयाँ वर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कर्मा’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक २ मिनेट लम्बाईको टिजरमा अभिनेता विपिन कार्की बढी हावी छन् । उनी एक्सन अवतारमा देखिएका छन् । उनको पात्रमा बदलाको भाव देखिन्छ । उनले काम गरेको यो पहिलो एक्सन फिल्म हो ।

Results : 55 - 60 of 22445