मिति : २०८२ वैशाख ७, आईतवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 595 - 600 of 22521
फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर ६, बिहिवार

तिहारको लक्ष्मीपूजाबाट प्रदर्शनमा आएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को अझै पनि हलमा पकड कमजोर बनेको छैन । कामकाजी दिनमा समेत ७० प्रतिशतसम्म अकुपेन्सी हासिल गरिरहेको छ । यसैले शो पनि धेरैजसो यसैको कब्जामा छ । गत साता प्रदर्शनमा आएको ‘ह्रस्व दीर्घ’ले पनि राम्रो व्यापार गरिरहेको छ । यो अवस्थामा भोलि शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘तेल भिसा’ले पर्याप्त शो पाउनेमा धेरैको आशंका थियो ।

फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर ५, बुधवार

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘ह्रस्व दीर्घ’को प्रवर्द्धनका लागि यतिबेला भारतीय कलाकार प्रदीप रावत (गजनी भिलेन) नेपालमा छन् । आइतबार श्रीमती कल्याणीको साथमा नेपाल आएका उनले सोमबार र मंगलबार काठमाडौंका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरे । बुधबार उनी फिल्मको टिमसँग नेपालगञ्ज पुगेका छन् । उनी त्यहीँबाट स्वदेश फर्किने जनाइएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर ५, बुधवार

दुई वर्षअघि प्रदर्शनमा आएको प्रदीप शाही निर्देशित फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ विश्व प्रतिष्ठित ओटीटी प्लेटफर्म अमेजन प्राइममा रिलिज हुने भएको छ । स्पेनी भाषामा स्वरांकन गरेर फिल्मलाई ‘१९१५ लेजेन्ड अफ गोर्खाज’ नामबाट अमेजन प्राइममा रिलिज गर्न लागिएको लेखक तथा निर्देशक शाहीले जानकारी दिए । उनका अनुसार यसबाट ९० देशमा फिल्म हेर्न सकिनेछ ।

फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर ५, बुधवार

फिल्म चल्दा निर्मातालाई त फाइदा हुन्छ नै, कलाकारलाई पनि कामको अभाव हुँदैन । एउटै फिल्मको सफलताले करिअर उचाइँमा पुर्‍याउँछ । तर, केही कलाकारलाई फिल्म जति नै सफल हुँदा पनि ‘हर्ष न विस्मात्’ भनेजस्तै हुन्छ । न कामको चर्चा हुन्छ न सफलताको जस मिल्छ । यतिबेला गायक समेत रहेका अभिनेता प्रकाश सपूतको हकमा यही भइरहेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर ४, मंगलवार

दशैं र तिहारमा निकै गर्माएको नेपाली फिल्मको बजार शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘ह्रस्व दीर्घ’ले पनि तताएको छ । कम शोका बाबजूद पनि उत्साहप्रद ओपनिङ गरेको फिल्मले शुक्रबार ८० लाख कमाएको थियो । शनिबार व्यापारमा झनै उछाल देखियो । प्राप्त अधिकांश शो हाउसफुल हुँदा १ करोड २० लाख ग्रस कमाई भयो । दुई दिनमै व्यापार २ करोड पुगेको थियो ।

फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर ४, मंगलवार

प्रायः अभिनेत्रीहरु करिअरको सुरुवाती समयमा आमाको रोल गर्न हम्मेसी चाहँदैनन् । यो रोल गरेपछि सहायक भूमिकामा सीमित हुनुपर्छ, हिरोइन भएर काम गर्न पाइँदैन भन्ने भय धेरैलाई हुन्छ । तर, अभिनेत्री वर्षा राउत यो मामलामा अलग देखिन्छिन् । उनले दोस्रो फिल्म ‘छक्का पञ्जा’मा नै आमाको भूमिका निभाएकी थिइन् । ‘जात्रा’ श्रृंखलामा त दुई सन्तानकी आमा भइसकेकी छन् ।

Results : 595 - 600 of 22521