मिति : २०८२ वैशाख ८, सोमवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 613 - 618 of 22521
फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर २, आईतवार

नेपाली र दक्षिण भारतीय कलाकारहरुको ‘पल्टन’ रहेको फिल्म ‘ह्रस्व दीर्घ’ इनिसियल व्यापारमा अब्बल देखिएको छ । तिहारदेखि दर्शकको चुम्बकीय आकर्षण बनेको ‘पूर्ण बहादुरको सारङ्गी’को दबदबाबीच शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले पहिलो दिन बक्स अफिसमा उत्साहप्रद व्यापार गर्‍यो । देशभर प्राप्त अधिकांश शोमा बिहानदेखि साँझसम्म उच्च अकुपेन्सी देखिएको थियो ।

फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर १, शनिवार
फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर १, शनिवार

गत वर्ष प्रदर्शित फिल्म ‘अगस्त्य’बाट चर्चामा आएका निर्देशक सौरभ चौधरी यतिबेला नयाँ फिल्म ‘कर्मा’को तयारीमा छन् । यही मंसिर २० गतेबाट छायांकनको तयारी गरिएको फिल्ममा उनले कलाकारको ‘लाइनअप’ बलियो बनाइरहेका छन् । फिल्ममा अभिनेता विपिन कार्कीलाई शीर्ष भूमिकामा अनुबन्धित गरिसकिएको छ । उनलाई पहिलोपटक एक्सन अवतारमा प्रस्तुत गरिँदैछ ।

फिल्मीखबर, काठमाडौं, २०८१ कार्त्तिक ३०, शुक्रवार

यस वर्षको सुरुवातदेखि जुन किसिमले नेपाली फिल्महरुले अनपेक्षित रुपमा व्यावसायिक सफलता हासिल गरिरहेका छन्, त्यो हेर्दा नेपाली फिल्मको दिन फिरेको देखिन्छ । गत बैशाखदेखि कात्तिक दोस्रो सातासम्म नेपाली फिल्मले एक अर्बमाथिको व्यापार गरिसकेका छन् । घरघरमा नेपाली फिल्मको चर्चा हुन थालेको छ । परिवारसहित फिल्म हेर्न हलमा आउने माहोल सिर्जना भएको छ । यो नेपाली फिल्मका लागि अद्भूत क्षण हो ।

फिल्मीखबर, काठमाडौं, २०८१ कार्त्तिक ३०, शुक्रवार

कथाकार गुरुप्रसाद मैनालीको कथासंग्रह ‘नासो’मा सङ्ग्रहित ‘परालको आगो’ कथामा आधारित भएर फिल्म निर्माण हुने भएको छ । मैनाली कथा पुरस्कार ट्रस्टको तर्फबाट कथाकार मैनालीका छोरा माधवप्रसादले निर्माता सुशील पोखरेलको कम्पनी हरिओम सिने मेकर्सलाई ‘कथाको भाव र मर्म नबिग्रने गरी’ फिल्म निर्माणका लागि मञ्जुरी दिएका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ कार्त्तिक ३०, शुक्रवार

केही वर्षअघि निर्देशक दीपाश्री निरौलाले एक अन्तर्वार्तामा ‘महानायक (राजेश हमाल) हुनुहुन्छ र ?’ भनेर दिएको अभिव्यक्तिले अहिलेसम्म पनि उनीमाथि गालीगलौज रोकिएको छैन । उनको त्यही अभिव्यक्तिका कारण धेरैले अभिनेता दीपकराज गिरीलाई कटाक्ष गर्दै ‘महानायक’ भन्ने गरेका छन् । अक्सर यो कटाक्ष उनले फेसबुकमा लेख्ने गरेका स्टाटसको कमेन्टमा देखिन्छ ।

Results : 613 - 618 of 22521