मिति : २०८२ वैशाख ८, सोमवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 619 - 624 of 22521
फिल्मीखबर, काठमाडौं, २०८१ कार्त्तिक ३०, शुक्रवार

‘भ्यालेन्टाइन डे’को अवसर पारेर आगामी फागुन २ गते दुई मल्टीस्टारर फिल्म बक्स अफिसमा आमने-सामने हुने भएका छन् । यो मितिमा अभिनेता दयाहाङ राई अभिनीत फिल्म ‘दुःखी आत्मा’ र अभिनेता अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ एकसाथ प्रदर्शनमा आउन लागेका हुन् । शुक्रबार ‘दुःखी आत्मा’ले फागुन २ लाई प्रदर्शन मिति घोषणा गरेपछि भिडन्त निश्चित भएको हो ।

फिल्मीखबर, काठमाडौं, २०८१ कार्त्तिक ३०, शुक्रवार
फिल्मीखबर, काठमाडौं, २०८१ कार्त्तिक २९, बिहिवार

कुनै बेला थियो, नेपाली फिल्ममा विपना थापा निर्विकल्प अभिनेत्रीझैँ थिइन् । विशेषगरी गाउँले र दुःखी चरित्रमा उनी पहिलो रोजाई बनेकी थिइन् । अभिनय पनि सशक्त भएकाले उनी करिब डेढ दशक करिअरको उचाइँमा रहिन् । तर, भारतीय नागरिकसँग विवाहपछि उनको अभिनयमा सक्रियता कम हुँदै गयो । सन्तान भएपछि त करिब १३ वर्ष अभिनयबाट पूर्ण रुपमा टाढा नै रहिन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ कार्त्तिक २९, बिहिवार

१३ वर्षको अन्तरालमा दुईपटक हलमा प्रदर्शन गरिएको स्वर्गीय गायक तथा संगीतकार भक्तराज आचार्यको जीवनकथामा आधारित फिल्म ‘आचार्य’ अब निःशुल्क प्लेटफर्म युट्युबमा उपलब्ध भएको छ । बुधबार फिल्मलाई ओएसआर डिजिटलको युट्युब च्यानलमा सार्वजनिक गरिएको हो । युट्युबमा फिल्मलाई अब्बल प्रतिक्रिया मिलेको छ । प्रायःले मनछुने फिल्म भनेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ कार्त्तिक २९, बिहिवार

अभिनयमा पारंगत मानिन्छन्, माओत्से गुरुङ । रंगमञ्च पृष्ठभूमिका उनले हरेक प्रकारका चरित्रमा प्राण भरेका छन् । दुई दर्जन बढी फिल्ममा काम गरिसकेका उनको नयाँ फिल्म ‘अग्निदहन’ आगामी मंसिर ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ, जुन बोक्सी कुप्रथाको कथामा बनेको हो । यसमा उनी धामीको भूमिकामा छन् । ट्रेलरमा उनले बोक्सीको आरोप लगाएर महिलामाथि कुटपिट गरेको र मलमूत्र खुवाउन आदेश दिएको देख्न सकिन्छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ कार्त्तिक २८, बुधवार

अब ‘कबड्डी ४’ सर्वाधिक कमाई गर्ने फिल्म रहेन । यसको रेकर्ड ‘पूर्ण बहादुरको सारङ्गी’ले तोडेको छ । दुई वर्षअघि ‘कबड्डी ४’ले २३ करोड ५० लाख (निर्माताको दाबीअनुसार) कमाउँदै सर्वाधिक कमाउने नेपाली फिल्मको कीर्तिमान बनाएको थियो । यो आँकडा ‘सारङ्गी’ले १३ दिनमा नै कटाएको छ । फिल्मले मंगलबारसम्ममा २५ करोडमाथि कमाई गरेको वितरक कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टको दाबी छ । चलचित्र विकास बोर्डले भने बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छैन ।

Results : 619 - 624 of 22521