मिति : २०८२ वैशाख ८, सोमवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 655 - 660 of 22521
फिल्मीखबर, काठमाडौं, २०८१ कार्त्तिक २१, बुधवार

बलिउड सुपरस्टार रणबीर कपूर र साउथ अभिनेत्री साई पल्लवीको पहिलो सहकार्यमा तयार भइरहेको फिल्म ‘रामायण’ दुई भागमा निर्माण हुने भएको छ । बुधबार निर्माता नमित मल्होत्राले इन्स्टाग्राममा एक थिम पोस्टर सेअर गर्दै फिल्मको दुई भागको रिलिज मिति घोषणा गरेका छन् । दुवै भागलाई हिन्दूहरुको महान् चाड दीपावलीमा प्रदर्शन गरिने भएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ कार्त्तिक २१, बुधवार

नेपाली फिल्मका लागि दशैं र तिहार उत्सवझैँ बनिरहेको छ । लामो विदा र ‘फेस्टिभ मुड’ हुने भएकाले यी दुई ठूला चाडमा नेपाली फिल्मप्रति दर्शकको आकर्षण अद्भूत देखिन्छ । यसपालिको दशैं र तिहारमा देखिएको माहोल यसको प्रमाण हो । यसपटक यी दुई चाडमा नेपाली फिल्मले इतिहासमै सर्वाधिक कमाई गरेका छन् । लगभग ५० करोडको व्यापार दशैं र तिहारमा भएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ कार्त्तिक २१, बुधवार

कुनै बेला नेपाली फिल्ममा आफ्नो सशक्त उपस्थिति जनाएका अभिनेता उत्तम प्रधान विगत एक दशकदेखि अभिनयमा सक्रिय छैनन् । उनले पछिल्लो पटक मुख्य भूमिकामा काम गरेको फिल्म ‘इशारा’ (२०१२) थियो । यसपछि उनी ‘दर्पण छायाँ २’मा अतिथि भूमिकामा देखिए । दशैंअघि एक म्यूजिक भिडियोमा काम गरेका उत्तम अब फिल्ममा फर्किने भएका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ कार्त्तिक २०, मंगलवार

नेपालीमा एउटा उखान छ, ‘नपत्याउने खोलाले पनि बगाउँछ ।’ यतिबेला यो उखान प्रदर्शनरत फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को हकमा चरितार्थ भएको देखिन्छ । प्रदर्शनअघि राम्रो ‘हाइप’ निर्माण नहुँदा फिल्मको व्यापार ठीकठाक हुनसक्ने धेरैको आँकलन थियो । तर, फिल्मले सबै अनुमान र गणितलाई गलत सावित गरेको छ । यतिबेला फिल्मले बक्स अफिसमा सुनामी ल्याएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ कार्त्तिक १९, सोमवार

यही कात्तिक ३० गते अर्थात् गुरु नानक जयन्तीको दिन पारेर प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ह्रस्व दीर्घ’को स्टारकास्ट र टिजर रिलिजपछि विदेशमा माग चुलिएको छ । यसैबीच, फिल्मको जापानका लागि प्रदर्शन अधिकार बिक्री भएको छ । विटिकेएस इन्टरटेन्मेन्टले फिल्मको जापान राइट्स लिएको हो । खरिद मूल्य भने खुलाइएको छैन ।

फिल्मीखबर, काठमाडौं, २०८१ कार्त्तिक १८, आईतवार

आज नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन अर्थात् भाइटीका । यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार सप्तरङ्गी टीका र फूलको माला लगाउने चलन छ । भाइटीकाको टीका लगाउन आज दिनभर कुनै बाधा नरहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

Results : 655 - 660 of 22521