मिति : २०८२ वैशाख ८, सोमवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 667 - 672 of 22521
फिल्मीखबर, काठमाडौं, २०८१ कार्त्तिक १५, बिहिवार

अभिनेता पल शाहले ठूलो अपेक्षा राखेको फिल्म थियो, ‘रावायण’ । करिअरको ‘डु अर डाई’ मानेर उनले फिल्मका लागि कुनै कसर बाँकी छाडेका थिएनन् । समय र मिहिनेत पर्याप्त खर्चिए । फिल्मको ‘हाइप’ पनि राम्रो थियो । तर, बक्स अफिसमा फिल्मले मार खायो । नक्कली दाह्री-जुँगाका कारण भएको आलोचनाले पलले एक्सनमा गरेको मिहिनेत पनि छायाँमा पर्‍यो ।

फिल्मीखबर, काठमाडौं, २०८१ कार्त्तिक १५, बिहिवार
फिल्मीखबर, काठमाडौं, २०८१ कार्त्तिक १४, बुधवार

करिब ३२ वर्षअघिको चर्चित डकु-ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको पहिलो नेपाली फिचर फिल्म ‘मिसिङ : केटी हराएको सूचना’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ४ मिनेट लम्बाईको ट्रेलरले फरक पृष्ठभूमि र भूगोलका दुई पात्रबीचको मित्रता र त्यसमा आउने उतार-चढावको कथालाई पेश गरेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ कार्त्तिक १४, बुधवार

गायक समेत रहेका अभिनेता मुरलीधर पछिल्लो समय विरलै फिल्ममा देखिने गरेका छन् । फिल्म ‘भैरव’पछि उनले ८ वर्ष फिल्म नै गरेनन् । गत वर्ष आएको फिल्म ‘काँडेतार’बाट उनको कमब्याक भयो । तर, फिल्म नचल्दा उनको चर्चा भएन । दशैंमा आएको उनको नयाँ फिल्म ‘१२ गाउँ’ले भने ठूलो सफलता हासिल गरेको छ । र, यसले उनलाई नयाँ पुस्तामा समेत चिनाएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ कार्त्तिक १४, बुधवार

यसपालिको दशैंमा आएका चार फिल्ममध्ये ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’ले घरेलु बक्स अफिसमा सुनामी नै ल्याए । दशैं विदाभरि दुवै फिल्मले आक्रामक व्यापार गरेका थिए । अझै पनि हलहरुमा यी दुई फिल्मकै दबदबा छ । तिहार विदामा समेत व्यापारमा उछाल देखिन सक्ने प्रक्षेपण गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ कार्त्तिक १३, मंगलवार

राजनीतिप्रति जनवितृष्णा चुलिँदो छ । अस्थिर राजनीतिले देशको अवस्था नै नाजुक बन्न थालेपछि दिनहुँ देश रित्तो बनिरहेको छ । रोजगारी नभएर जनशक्ति बाहिरिरहेका छन् । शिक्षा, स्वास्थ्य, बाटोघाटोको अवस्था सुध्रिन सकेको छैन । सत्ताकै लागि मात्र राजनीति सीमित हुँदा कलाकारहरु पनि चिन्तित बन्न थालेका छन् । कतिपय त अब व्यवस्था नै परिवर्तन हुनुपर्छ भन्ने पक्षमा छन् ।

Results : 667 - 672 of 22521