
नेपालमा कट्टर दुश्मन मानिएका अभिनेत्रीद्वय पूजा शर्मा र सुष्मा कार्कीको मिलन मिडियामा चर्चाको विषय बनिरहँदा अमेरिकामा दुई अभिनेत्री रञ्जना शर्मा र रुपा उपाध्यायबीचको लफडाले सामाजिक सञ्जाल तताएको छ । रुपाले आफ्नो घरबाट रञ्जनालाई निकालेको भिडियो फेसबुकमा सेअर गरेपछि उनीहरुबीचको विवाद छताछुल्ल भएको हो । यो दशैंपछिको घटना हो ।

फिल्म ‘सानो संसार’ गत असोज ११ गते प्रदर्शनमा आएको थियो । तर, प्रदर्शनको दिनदेखि परेको निरन्तरको वर्षाले देशभरको जनजीवन प्रभावित भएपछि निर्माताले दुई दिनमै फिल्मलाई हलबाट उतार्ने निर्णय गरेका थिए । अब भोलि शुक्रबार (कात्तिक ९ गते)बाट फिल्मलाई पुनः प्रदर्शन गरिँदैछ । पहिलो प्रदर्शनको बेला गरिएको प्रिमियरमा फिल्मले अब्बल प्रतिक्रिया पाएको थियो । बुधबार फिल्मको दोस्रो प्रिमियर गरियो, जहाँ प्रशंसाको वर्षा नै भयो ।

झिलिमिलीको पर्व मानिने तिहारको विदा पारेर यही कात्तिक १५ गते लक्ष्मीपूजाबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को नयाँ गीत सार्वजनिक गरिएको छ । बुधबार युट्युबमार्फत् सार्वजनिक दोहोरी ब्याटल शैलीको ‘रैयाँ चाँदीको’ गीतमा आशिष अविरल र मेलिना राईको स्वर छ भने नवराज पन्तको शब्द रचना तथा गायक अविरल स्वयंको संगीत छ ।

यतिबेला अभिनेत्री साम्राज्ञी आरएल शाहको करिअर सन्तुलित छैन । श्रृंखलाबद्ध रुपमा उनका फिल्म असफल भइरहेका छन् । ७ वर्षमा उनका ७ वटा फिल्म चलेनन् । अब उनको करिअर कसरी अगाडि बढ्छ भन्नेमै अन्योल देखिन्छ । डेब्यु फिल्म ‘ड्रिम्स’पछि उनी सर्वाधिक डिमान्डेड र महंगी अभिनेत्री बनेकी थिइन् । तर, फिल्म छनोटमा चुक्दा उनको करिअर नै संकटमा परेको छ ।

घरेलु बक्स अफिसमा आक्रामक व्यापार गरिरहेका दशैंका दुई फिल्म ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’का निर्माताबीच शितयुद्ध जारी छ । रिलिजपूर्व ‘छक्का पञ्जा ५’का हरेक प्रचार सामाग्रीमा ‘१२ गाउँ’को मात्र नाम आएपछि कलाकार दीपकराज गिरीले त्यसलाई ‘साइबर सेना’को संज्ञा दिएका थिए । उनको यो अभिव्यक्तिबाट चिढिएका अभिनेता विराज भट्टले फिल्मको व्यापार बम्पर भएपछि ‘साइबर सेना’ भन्नेहरुलाई हलमा आएर हेर्न चुनौती नै दिए ।

निर्देशक शंकर घिमिरे कमब्याक फिल्म ‘तेल भिसा’को प्रदर्शन मिति नजिकिँदै गर्दा श्रृंखलाबद्ध रुपमा पोस्टर तथा गीत सार्वजनिक भइरहेका छन् । ‘हरि नाम झैँ’ र ‘तुकुनको मुकुन’ गीतपछि मंगलबार फिल्मको तेस्रो गीत ‘कति रमाइलो’ सार्वजनिक गरियो । अमेरिकामा खिचिएको गीतमा अभिनेत्री वर्षा राउतको ‘बेबी सावर’मा भएको जमघट र नाचगानलाई प्रस्तुत गरिएको छ ।