मिति : २०८२ वैशाख ८, सोमवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 733 - 738 of 22523
फिल्मीखबर, काठमाडौं, २०८१ आश्विन २१, सोमवार

आगामी कात्तिक ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मिसिङ : केटी हराएको सूचना’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । फिल्मका मुख्य अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठलाई चित्रित गरिएको पोस्टरमा उनीहरु एकअर्काको हात समातेर रेलको लिकमा हिँडिरहेको देखिन्छन् । सृष्टिप्रति नाजिरको प्रेमभाव पोस्टरले दर्शाउँछ । पृष्ठभूमिमा अर्का कलाकार दुरा सञ्जय गुप्ता मोटरसाइकलमा प्रस्तुत छन् । र, उनको पछाडि रेल देखिन्छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ आश्विन २१, सोमवार

तुलसी घिमिरेको कमब्याक फिल्म ‘पहाड’को एक गीतमा अभिनेता विपिन कार्कीले आफ्नो स्वर दिएका छन् । आइतबार काठमाडौंको महाराजगञ्जस्थित भेनस रेकर्डिङ स्टुडियोमा उनले र्‍याप गीत गाएका हुन् । उनले यसअघि फिल्म ‘छड्के’को ‘भुटुटुटु’ गीत पनि गाएका थिए । ‘पहाड’को गीतमा विपिनलाई भारती घिमिरे (तुलसी घिमिरेकी श्रीमती) लगायतले साथ दिएका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ आश्विन २०, आईतवार

यही बिहीबार (फूलपाती)बाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘१२ गाउँ’बाट तीन अनुहारले डेब्यु गरेका छन् । अभिनेतामा समीर भट्ट (विराज भट्टका छोरा) र अभिनेत्रीमा पूर्व ‘मिस नेपाल इन्टरनेशनल’ न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले डेब्यु गरेका हुन् । तर, समीरको चर्चाले दुई अभिनेत्री छायाँमा परेका छन् । टिजर तथा ट्रेलरमा पनि उनीहरूलाई खासै प्राथमिकता दिइएको छैन ।

फिल्मीखबर, काठमाडौं, २०८१ आश्विन २०, आईतवार

यही बिहीबार (फूलपाती)बाट प्रदर्शनको तयारीमा रहेको ‘ज्वाइँ साब’ अभिनेत्री नीति शाहको अभिनयको हिसाबले दोस्रो फिल्म हो । गत बैशाख अन्तिममा आएको डेब्यु फिल्म ‘खजुरे ब्रो’बाट उनलाई व्यावसायिक सफलता र अभिनयको प्रशंसा दुवै मिल्न सकेन । त्यसैले उनका लागि ‘ज्वाइँ साब’ सफल हुनुपर्ने दबाब मात्र छैन, आफूलाई अभिनयमा प्रमाणित गर्नुपर्ने चुनौती पनि उतिक्कै छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ आश्विन १९, शनिवार

नेपाली फिल्मको इतिहासमै सर्वाधिक सोज पाएको फिल्म ‘बेहुली फ्रम मेघौली’को ओपनिङ उत्साहजनक रह्यो । प्रदर्शनको पहिलो दिन ८० लाख कमाएको फिल्मले शुक्रबार पनि काठमाडौंसहित ठूला सहरहरूमा सुखद् अकुपेन्सी हासिल गरेको थियो । शनिबार भने फिल्मले व्यापारमा उछाल कायम गरेको छ । बिहानैदेखि देशभरका प्रायः हलमा फिल्म हेर्ने दर्शकको चाप उल्लेख्य देखियो ।

फिल्मीखबर, काठमाडौं, २०८१ आश्विन १९, शनिवार

‘छक्का पञ्जा’ फ्रेन्चाइजको पाँचौं श्रृंखला यही बिहीबार फूलपातीदेखि प्रदर्शनमा आउने तयारीमा छ । ‘बिहे भाको छैन’ र ‘ब्रेकअप’ गीतले फिल्मको राम्रो ‘हाइप’ निर्माण गर्दा ट्रेलर भने प्रदर्शनको ५ दिनअघि सार्वजनिक गरिएको छ । शनिबार सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी गराउँछ । ट्रेलर हेर्दा फिल्मले सरकारी कार्यालयमा व्याप्त भ्रष्टाचारको कथा उठाएको देखिन्छ ।

Results : 733 - 738 of 22523