गायक प्रकाश सपूतले फिल्म अभिनयलाई निरन्तरता दिने भएका छन् । अघिल्लो वर्ष उनको डेब्यु फिल्म ‘परदेशी २’ रिलिज भएको थियो, जुन व्यावसायिक रुपमा सफल पनि भयो । अब उनले दोस्रो फिल्मको रुपमा ‘पूर्ण बहादुरको सारङ्गी’मा काम गर्ने भएका छन् । शुक्रबार निर्माण टिमले फिल्ममा उनी कलाकारको रुपमा अनुबन्धित भएको जानकारी गराएको छ ।
नेपाली फिल्ममा फरक र पृथक प्रचार शैलीको खडेरी नै छ । लगभग हरेक फिल्मले एउटै प्रचार शैली अपनाइरहेका हुन्छन् । कि कुनै प्रतियोगिता घोषणा कि त पत्रकार भेटघाट, यत्तिमै सीमित हुन्छ । जसले गर्दा फिल्मप्रति दर्शकको आकर्षण पनि खासै बढ्न सकेको देखिँदैन । यही बैशाख २१ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मनसरा’ले भने प्रचारमा फरक शैली अपनाएको छ ।
चर्चित पत्रकार ऋषि धमलाले फिल्म अभिनयमा कमब्याक गर्ने भएका छन् । सन् २०१६ मा आएको फिल्म ‘हाउ फन्नी’मा पहिलोपटक काम गरेका उनले अब फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्न लागेका हुन् । उनीसँग बिहीबार निर्माताले कागजी सम्झौता गरेका छन् । फिल्ममा धमलाले पत्रकारकै भूमिका निर्वाह गर्ने निर्देशक निगम श्रेष्ठले जानकारी गराए ।
यही शुक्रबार (बैशाख १४ गते)देखि प्रदर्शन हुन लागेको फिल्म ‘बोक्सीको घर’ले प्रिमियरमा अब्बल प्रतिक्रिया पाएको छ । बुधबार साँझ सुन्धारास्थित सिटिसी मलको क्यूएफएक्स हलमा आयोजना गरिएको प्रिमियरमा विशेषगरी अभिनेत्री केकी अधिकारी र बाल कलाकार सुपला सापकोटाको अभिनयको प्रशंसा भयो । कथावस्तुदेखि निर्देशन पक्षको प्रशंसामा पनि धेरैले शब्द खर्चिएका थिए ।
निर्देशक दीपेन्द्र के. खनालले पहिलोपटक राजनीतिक विषयमा बनाएको फिल्म हो, ‘मेयर’ । उनले गत साता फिल्मको छायांकन सकाएका छन् । सर्लाही जिल्लास्थित बागमती नगरपालिकाका प्रमुख भरत कुमार थापाको जीवन संघर्षमा आधारित भएर बनेको फिल्मका धेरैजसो दृश्य ठूलो ‘क्राउड’ राखेर खिचिएको थियो । क्लाइमेक्स खिच्नका लागि मात्र ११ हजार मान्छे उतारिएको थियो ।
अभिनेत्री मलिका महतले फिल्मी करिअर सुरु गरेको जम्माजम्मी पाँच वर्ष पुगेको छ । फिल्म ‘यात्रा’ (२०७५)बाट उनको अभिनय यात्रा सुरु भएको थियो । यसपछि उनले ‘पानीफोटो’ र ‘अगस्त्य’मा काम गरिन् । यी तीनवटै फिल्म व्यावसायिक रुपमा सफल हुन नसके पनि मलिकाको अभिनयमा परिपक्वता देखिएको थियो । अब उनी अभिनीत चौंथो फिल्म ‘सतीदेवी’ प्रदर्शनको पखाईमा छ ।