
प्रेम सम्बन्ध टुंगिएपछि कलाकारहरूको फिल्ममा सहकार्य त टाढाको कुरा, एकअर्काको नाम समेत सुन्न चाहँदैनन् । तर, अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठले भने ब्रेकअपपछि पनि निरन्तर फिल्ममा सहकार्य गर्दै आइरहेका छन् । केही समयअघि फिल्म ‘भाइरल गोर्खे’मा एकसाथ काम गरेका उनीहरूको अब अर्को फिल्ममा पनि सहकार्य निश्चित भएको छ । त्यो फिल्म हो, ‘विनोद’ ।

लक्ष्मण सुनारको निर्देशनमा तयार हुन लागेको फिल्म ‘कल्ली’मा यतिबेला कलाकार भित्रिने श्रृंखला चलिरहेको छ । केही दिनअघि अभिनेता पल शाहलाई हटाएर उनको ठाउँमा सौगात मल्ललाई लिएको निर्माण टिमले फिल्ममा थप तीनजना कलाकार थपेको छ । अभिनेताहरु अर्पण थापा, बुद्धि तामाङ र कमलमणि नेपाललाई फिल्ममा अनुबन्धित गरिएको निर्देशक सुनारले जानकारी दिए ।

कुनै बेला नेपाली फिल्म क्षेत्रलाई नै डोर्याएर हिँडेका अभिनेता राजेश हमाल ठूलो पर्दामा नदेखिएको करिब ७ वर्ष भइसकेको छ । उनको पछिल्लो रिलिज फिल्म ‘शकुन्तला’ २०७३ सालमा प्रदर्शन भएको थियो । यसपछि उनले कमब्याकका लागि दुईवटा फिल्म सम्झौता नगरेका होइनन् । तर, ती निर्माण हुन सकेनन् । अब उनले ७ वर्षपछि फिल्म ‘नरसिंहा: अवतार’बाट पुनरागमन गर्दैछन् ।

निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का विवाह बन्धनमा बाँधिएको ९ वर्ष भइसकेको छ । विवाह गर्ने बेला स्वस्तिमा २० वर्षमा भर्खर टेकेकी थिइन् । निश्चल भने पहिलो फिल्म ‘लुट’ बनाउँदाखेरि नै ३० वर्ष लागिसकेका थिए । यसैले निश्चललाई परिवार र आफन्तबाट बिहेको दबाब अलि ज्यादा थियो । जब विवाह भयो, त्यसपछि उनीहरुलाई अर्को दबाब सुरु भएको छ, सन्तानको ।

एकातिर संविधान दिवसको विदा र अर्कोतिर ‘रुकुम मैकोट’ गीतको चर्चाले फिल्म ‘खुस्मा’लाई फाइदा पुग्न सक्ने प्रदर्शनपूर्व धेरैको आँकलन थियो । पहिलो दिन केही हदसम्म यो देखिएको छ । बिहानी शोज अपेक्षित नभए पनि दिउँसोबाट फिल्मले गति समात्यो । दिउँसो काठमाडौंसहित मोफसलका केही ठूला सहरहरूमा फिल्मले ५० प्रतिशत आसपास अकुपेन्सी कायम गर्न सफल भयो ।

दशैंको अवसर पारेर असोज १७ गते (घटस्थापना)देखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ३ मिनेट लम्बाईको ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ । ३० वर्ष नकट्दै छोरीको विवाह गराउनुपर्ने दबाबमा रहेको एक परिवारको कथालाई फिल्मले पेश गरेको ट्रेलरले जनाउँछ ।