मिति : २०८२ वैशाख ९, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 841 - 846 of 22524
फिल्मीखबर, काठमाडौं, २०८१ भाद्र २४, सोमवार

२०७५ सालमा आएको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’बाट अभिनेता धीरज मगरको उदय भएको थियो । यसले उनको छवि नै ‘लभर ब्वाई’को रुपमा बनायो । यसपछिका फिल्ममा पनि उनी रोमान्टिक भूमिकामै देखिए, तर त्यसमा विविधता देखिन्थ्यो । दोस्रो फिल्म ‘बाबरी’मा लुक्सदेखि बोल्ने शैलीसम्म फरक थियो । ‘ज्याकी’मा डान्सर बनेका थिए । र, ‘एक भगवत् गीता’मा मगर चरित्र निभाए ।

फिल्मीखबर, काठमाडौं, २०८१ भाद्र २४, सोमवार

बाल्यकालदेखि नै अभिनयमा सक्रिय अभिनेता सलोन बस्नेतले पछिल्लो समय फिल्म निर्माणमा पनि आफ्नो उपस्थिति बढाइरहेका छन् । गत वर्ष ‘जय हो’ बनाएका उनी यसै वर्ष फिल्म ‘यूनिभर्सिटी अफ गुन्डाज्’ निर्माणको तयारीमा छन् । तर, यो फिल्मभन्दा अगाडि उनले ‘रंगी’ शीर्षकमा अर्को फिल्म बनाउने भएका छन् । आइतबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको घोषणा गरियो ।

फिल्मीखबर, काठमाडौं, २०८१ भाद्र २३, आईतवार

तीजको दिनबाट हलमा प्रदर्शनरत फिल्म ‘रावायण’लाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले केही विभत्स दृश्य र अपाच्य संवादका कारण १६ वर्षभन्दा मुनिका दर्शकले हेर्न नपाउने गरी ‘एडल्ट सर्टिफिकेट’ दिएको थियो । जसले गर्दा यो उमेर समूहका दर्शक र बच्चा लिएर गएका अभिभावकहरुले फिल्म हेर्न पाएका थिएनन् । यसले फिल्मको व्यापारमा नै ठूलो असर पुगेको थियो ।

एजेन्सी, काठमाडौं, २०८१ भाद्र २३, आईतवार

बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह अभिभावक बनेका छन् । आइतबार बिहान दीपिकाले छोरीलाई जन्म दिएकी हुन् । सुत्केरी व्यथा सुरु भएपछि शनिबार उनलाई दक्षिणी मुम्बईको एचएन रिलायन्स हस्पिटलमा भर्ना गरिएको थियो । अस्पताल भर्ना हुनुभन्दा एक दिनअघि दीपिका पूजाआजा गर्न रणवीरको साथमा सिद्धिविनायक मन्दिर पुगेकी थिइन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ भाद्र २३, आईतवार

यतिबेला अभिनेता प्रदीप खड्कालाई भ्याइनभ्याइको अवस्था छ । लगातार फिल्म सम्झौता गर्दा उनलाई छायांकनमा चटारो परेको छ । ‘पूजार सार्की’ रिलिजपछि ‘एक्टर’को छायांकन सकाएका उनी अहिले फिल्म ‘पिताम्बर’को छायांकनमा व्यस्त छन् । यसपछि उनी ‘एक्लो’को छायांकनमा जोडिने छन् । यो फिल्मको अहिले प्रदीपबाहेकको दृश्य एक सातादेखि अपर मुस्ताङमा भैरहेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ भाद्र २३, आईतवार

कम समयमै फिल्मको छायांकन सकाउने निर्देशकको रुपमा चिनिएका छन्, दीपेन्द्र के. खनाल । ‘पशुपति प्रसाद २ : भष्मे डन’ र ‘मेयर’लाई छाड्ने हो भने उनले २०/२५ दिनमा फिल्मको छायांकन सकाएका उदाहरण छन् । यसैबीच, उनले नयाँ फिल्म ‘के घर के डेराः घर नम्बर २’को छायांकन पनि २५ दिनमा पूरा गरेका छन् । शनिबार अन्तिम दृश्य खिच्दै फिल्म ‘प्याकअप’ गरिएको हो ।

Results : 841 - 846 of 22524