
तीज विदा फिल्म प्रदर्शनका लागि उपयुक्त मानिन्छ । विदामा व्यापार राम्रो हुन्छ भन्ने विश्वासमा हरेक वर्ष तीजमा फिल्म रिलिजको राम्रै चाप देखिने गरेको छ । यसपटक दुई नेपाली फिल्म ‘रावायण’ र ‘देवी’ तीजको दिन प्रदर्शनमा आएका थिए । तर, के यी दुवै फिल्मले तीजको फाइदा उठाउन सफल भए त ? केही हदसम्म ‘रावायण’को व्यापारमा भने तीज विदाको फाइदा पुगेको देखिन्छ ।

आगामी असोज २४ गते (दशैंको फूलपातीको दिन)बाट प्रदर्शनमा आउन लागेको अभिनेता विराज भट्टको दोस्रो निर्देशकीय फिल्म ‘१२ गाउँ’को पहिलो गीत सार्वजनिक भएको छ । ‘सिनेमा हेर्न जाउँ’ बोलको गीतमा फिल्मका डेब्यु अभिनेता समीर भट्ट र भारतीय टेलिभिजन सिरियलकी अभिनेत्री सोनू चन्द्रपाल नृत्य गर्दै प्रस्तुत छन् । सार्वजनिक गीतमा उनीहरुको प्रेम देखाउन खोजिएको छ ।

फिल्म ‘परदेशी २’बाट अभिनेता बनेका गायक प्रकाश सपूत अब फिल्म ‘वसन्त’बाट निर्देशकको परिचय थप्दैछन् । गत बैशाखमा उनले एक टिजर भिडियोमार्फत् फिल्मको घोषणा गरेका थिए । शनिबारदेखि उनले आफ्नो गृहजिल्ला बागलुङबाट छायांकन सुरु गरेका छन् । छायांकनभन्दा अगाडि त्यहाँको धार्मिक स्थल कालिका मन्दिरमा फिल्मको मुहूर्त गरिएको थियो ।

संविधान दिवसको विदा पारेर आगामी असोज ३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘खुस्मा’ यतिबेला ‘रुकुम मैकोट’ गीतका कारण चर्चामा छ । १२ दिनमा युट्युबमा लगभग ३० लाखले गीत हेरिसकेका छन् भने यसमा सयौंको संख्यामा टिकटक र रिल्सहरु बनेका छन् । सेलिब्रेटीहरुले समेत यो गीतमा भिडियो बनाइरहेका छन् । जसले गर्दा फिल्मको लोभलाग्दो रुपमा हाइप बनेको छ ।

बोक्सी कुप्रथाविरुद्धको कथामा आधारित भएर बनेको फिल्म ‘अग्निदहन’को भारतको बिहार राज्यस्थित सीतामढीमा विशेष प्रदर्शन गरिएको छ । सीतामढीस्थित सशस्त्र सीमा बल (कमाण्डेन्ट अफ एसएसबी)को २०औं बटालियनको सभा हलमा बटालियन प्रमुख गिरीशचन्द्र पाण्डेयको उपस्थितिमा फिल्म प्रदर्शन गरिएको हो । त्यहाँ फिल्मलाई भोजपुरी भाषामा देखाइएको हो ।

आज शुक्रबार हिन्दू महिलाहरूले हरितालिका तीज मनाइरहेका छन् । धार्मिक रूपमा तीजको जति महत्त्व छ, यो पर्वमा गहना र पहिरनको पनि आफ्नै महत्त्व छ । तीजमा महिलाले लगाउने रातो साडी सुख, समृद्धि तथा साहसको प्रतीक मानिन्छ । रातो रंगले महिलालाई शक्ति प्रदान गर्छ भन्ने धार्मिक विश्वास छ । यसैले तीजमा महिलाहरूले रातो साडीमा आफूलाई सजाउने गरेका छन् ।